प्रेमीको अचम्मको यौन स्थिति, महिला भइन् चिन्तित

Couple 3

काठमाडौं । प्रेमलाई नजिकबाट बुझ्नका लागि कहिलेकाँही जोडी लिभ इनमा बस्ने निर्णय गर्छन् । सँगै बसेपछि पार्टनरको राम्रो नराम्रो बानीबारे पनि थाहा हुन्छ ।

लिभ इनमा बस्ने एक महिलाले आफ्ना प्रेमीको यस्तै अचम्मको यौन स्थितिबारे सोसल मिडियामा खुलासा गरेकी छिन् । महिलाले नाम नबताइ सेक्स एण्ड रिलेशनशिप एक्सपर्टसँग सल्लाह मागेकी छिन् ।

महिलाले लेखिन्, ‘आफ्नो प्रेमीसँग म पछिल्लो तीन वर्षदेखि सम्बन्धमा छु । कोरोना महामारीको क्रममा उनको जागिर गयो, परिवारका सदस्य बिरामी भए र उनकी सानीमाको मृत्यु भयो । यी सबैकुराले उनी नराम्रोसँग टुटेका थिए । उनलाई सम्हाल्नका लागि मैले उनीसँग बस्ने निर्णय गरेँ । हामी पछिल्लो चार महिनादेखि लिभ इनमा बसिरहेका छौं । हाम्रो सम्बन्ध निकै राम्रो थियो । मानसिक र शारीरिक रुपमा हामी एकअर्काका लागि परफेक्ट थियौं तर पछिल्लो केही महिनादेखि यस्तो चिज भइरहेको छ जसका कारण म असाध्यै चिन्तित छु ।’

‘पछिल्ला केही दिनदेखि मेरो प्रेमीको यौन व्यवहारमा निकै परिवर्तन आइसकेको छ । उनी निद्रामा यौन सम्बन्ध स्थापित गर्छन् र बिहान उठेपछि आफूलाई केही यादै नभएको बताउँछन् । इन्टरनेटमार्फत् हामीलाई थाहा भयो कि ‘सेक्सोमेनिया’ नामको एउटा रोग हुन्छ जसमा बिरामीले सुतिरहेका बेला पनि यौनसम्बन्ध स्थापित गर्छन् र यसबारे बिरामीलाई केही थाहा हुँदैन । यो रोगलाई स्लीप सेक्स पनि भनिन्छ ।’

‘मैले मेरा प्रेमीलाई निद्रामा कुनै सुरक्षा बिना म यौन सम्बन्ध स्थापित गर्न सक्दिनँ भनेर धेरै सम्झाएँ । मेरो इच्छा बिना केही गरेको खण्डमा छोडेर जाने पनि धम्की दिएँ । उनले मलाई अब त्यस्तो केही नहुने विश्वास दिलाए । यद्यपि, यी कुराको कुनै असर भएन र उनले पुनः आधा रातमा उठेर त्यही काम गर्न थाले । सुत्नु अघि हामीबीच के कुरा भएको थियो भनेर उसलाई यादै नभए जस्तो । ऊ निकै छिटो सुत्छ र त्यसपछि उसको सेक्सोमेनिया जाग्छ ।’

‘धेरै नै झगडा गरेपछि अन्त्यमा हामीले सेक्स गर्न नै बन्द गर्यौं । मैले उनलाई डाक्टरलाई यसबारे सम्पर्क नगरेसम्म हामीबीच यौन सम्बन्ध स्थापित नहुने बताएँ । उनले मसँग माफी मागेर आफूलाई नियन्त्रण गर्ने कोसिस गर्ने र डाक्टरलाई पनि भेट्ने बताए । यत्तिका कुरा भइसकेपछि पनि स्थिति फेरिएन । अन्त्यमा मैले आफ्नो कोठा नै फेरेँ । त्यसको भोलिपल्ट उनले डाक्टरसँग आफ्नो स्थितिबारे कुरा गर्न लाज लाग्ने भन्दै आफूले डाक्टरलाई नभेट्ने बताए ।’

‘इन्टरनेटमा यो रोगबारे पूरा जानकारी लिएपछि मैले उनको खान्कीमा परिवर्तन, मद्यपानको लत र तनावबाट टाढा राख्नका लागि निकै कोसिस गरेँ तर यी सबैले कुनै असर बाँकी राखेन । अन्त्यमा एक दिन मैले उनलाई असाध्यै रिसाएर मसँग डाक्टरलाई भेट्न नगए उनलाई ब्रेकअप दिने धम्की दिएँ । अचम्मको कुरा त के छ भने त्यसको भोलिपल्टै उनको सेक्सोमेनिया अचानक बन्द भयो ।’

‘मलाई थाहा छ कि यो कुरामा त म खुसी हुनुपर्छ तर आखिर यो कसरी भयो भनेर मलाई अचम्म लाग्यो । हरेक समय मेरो दिमागमा यही एउटा कुरा चल्छ । मलाई किन लाग्छ कि उनको यो रोग नक्कली थियो । ऊ पूरा होसमा आधा रातमा मेरो मर्जी बिना यौन सम्बन्ध स्थापित गर्दथ्यो र यस्तो देखाउँथ्यो कि उनलाई केही याद नै हुँदैन । जबदेखि उनको सेक्सोमेनिया बन्द भयो, हाम्रो सामान्य यौन जीवन पनि पहिलाको जस्तो रहेन । यो कुराले मलाई असाध्यै दुःखी बनाउँछ ।’

‘म बारम्बार यही सोच्छु कि जो व्यक्तिलाई मैले यति धेरै माया गरेँ, उसले आपसी समझदारीको शारीरिक सम्बन्धबाट बच्नका लागि मलाई झुटो स्लीप डिसअर्डरको नाटक गर्यो । सबैभन्दा ठूलो कुरा त के हो भने मैले उसलाई छोडिदिने धम्की दिएपछि उनको रोग अचानक निको भयो ।’

महिलाले अन्त्यमा लेखिन्, ‘म सोच्छु कि म आफ्ना प्रेमीसँग यसबारे कुरा गरुँ तर मैले उसलाई नक्कली रोगको झुटो आरोप लगाएँ कि भन्ने सोच्ने हो कि भन्ने डर लाग्छ । म आफ्नो दिमागबाट यो कुरालाई निकाल्न सकिरहेकी छैन जसको असर मेरो सम्बन्धमा परिरहेको छ । कृपया मेरो मद्दत गर्नुहोस् ।’

रिलेशनशिप एक्सपर्टले महिलालाई सल्लाह दिँदै भने, ‘तपाईंले प्रेमीलाई शंका गर्नु पूर्ण रुपमा सही हो । यदि उनले साँच्चै नै सेक्सोमेनियाद्वारा पीडित हुन् भने डाक्टरको सम्पर्कबिना आफैं निको हुन सक्दैन । लिभ इन पार्टनरको रुपमा उनले तपाईंको आवश्यकता र कुरालाई बुझ्न सकिरहेका छैनन् । यस्तोमा तपाईं आफैंले सोच्नुपर्छ कि तपाईंले यो सम्बन्ध अघि बढाउनु पर्छ वा पर्दैन ।’

विशेषज्ञले भने, ‘साधारणतया सेक्सोमेनिया निकै गहिरो निद्रामा पुगेपछि हुन्छ जसलाई स्टेज थ्री स्लीप पनि भनिन्छ । यदि तपाईंको पार्टनर सुत्ने बित्तिकै यौन सम्बन्ध स्थापित गर्ने कोसिस गर्छन् भने उनीमाथि शंका गर्नुपर्छ । यद्यपि, सेक्सोमेनिया वास्तवमा अचानक बन्द हुन सक्छ जस्तै कि हरेक दिन रक्सी पिउने व्यक्तिले अचानक पिउन बन्द गरे झैं । वा, कसैलाई घुर्ने समस्या छ र उपचार पछि त्यो अचानक बन्द भए झैं । यस्तै चिज सेक्सोमेनियापछि पनि हुन्छ तर छोड्ने धम्की पछि यसो गर्न बन्द गर्नु साँच्चै नै शंका गर्नुपर्ने कुरा हो । ’

विशेषज्ञले भनिन्, ‘तपाईंको प्रेमिकालाई सेक्सोमेनिया छ वा छैन यो त कुनै विशेषज्ञले नै परीक्षणपछि बताउन सक्छ तर सेक्सोमेनियाको बहानाको रुपमा प्रयोग गर्नु कुनै नयाँ कुरा होइन । बलात्कारका थुप्रै आरोपी पनि आफ्नो बचाउका लागि सेक्सोमेनिया रोगको प्रयोग गर्छन् । तपाईं कुनै सम्बन्ध शंकासहित अघि बढाउने हो वा सबैकुरा बिर्सिएर एउटा नयाँ ढङ्गले सुरुवात गर्ने अथवा यस्तो सम्बन्धलाई यहिँ समाप्त गर्ने भन्ने कुरा तपाईंमा नै निर्भर छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...