संवैधानिक इजलासका सबै न्यायाधीश सर्वोच्च पुगे, सुरक्षा व्यवस्था कडा

Sarbocha adalataaa 1

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन र प्रधानमन्त्री नियुक्तीको मुद्दामा सोमबार फैसला सुनाउने भएको छ । २१ गते सुनुवाइ सकिएपछि आजसम्मका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

सोमबार संवैधानिक इजलास बस्दैछ। संवैधानिक इजलासमा रहेका न्यायाधीशहरु केहीबेर अघि सर्वोच्च पुगेका छन् । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन् । 

सोही इजलासले फैसला सुनाउने तयारी गरेसँगै सर्वोच्चको सुरक्षा व्यवस्था कडा पारिएको छ। काठमाडौंका विभिन्न बृत्तबाटसमेत प्रहरीहरु त्यहाँ पुगेका छन् । सशस्त्र प्रहरी पनि परिसरबाहिर खटिएका छन् । 

गत जेठ ८ गते सरकारको सिफारिसमा राष्ट्रपतिले दोश्रो पटक प्रतिनिधि सभा विघटन गरेकी थिइन् । ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तीका लागि आह्वान गरेपनि दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्ती गरिएको थिएन । शेरबहादुर देउवा १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका थिए । तर केपी ओलीले जसपाको महन्त ठाकुर र आफ्नो हस्ताक्षरसहित १५३ सांसदको समर्थन रहेको भन्दै दाबी गरेपछि दुवै दाबी खारेज गरिएको थियो । 

विघटनको डेढ महिनापछि सर्वोच्चले फैसला गर्न लागेको हो । पहिलो संसद विघटन हुँदा ६७ दिनपछि फैसला आएको थियो । त्यतिबेला विघटन गैरसंवैधानिक भन्दै सर्वोच्चले बदर गरिदिएको थियो ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...