कोरोना संक्रमण नघटेपछि सोमबारदेखि कडा खालको लकडाउन घोषणा

Bangladesh 13

काठमाडौं । कोरोना सङ्क्रमणको दर नघटेपछि बंगलादेशमा आउँदो सोमबारदेखि कडा खालको लकडाउनको घोषणा गरिएको छ । पछिल्ला केही दिनमा कोरोनाका सङ्क्रमितहरु बढ्दै गएपछि लकडाउन घोषणा गरिएको बंगलादेश सरकारले जनाएको छ ।

बंगलादेश सरकारले आगामी सोमबारदेखि एक साताका लागि देशव्यापी लकडाउनको घोषणा गरेको समाचारमा जनाइएको छ । लकडाउन आगामी सोमबारबाट शुरु हुने र एक हप्तासम्म हुने बताइएको छ ।

बंगलादेशको प्रेस इन्फरमेसन्स डिपार्टमेन्टका तर्फबाट स्वास्थ्य अधिकारीहरुलाई उद्धृत गर्दै लकडाउनको जानकारी दिइएको जनाइएको छ । यातायात मन्त्री समेत रहेका आवामी लिगका महासचिव अव्दुल कादिरले पनि सरकारले आगामी सोमबारबाट एक साताका लागि देशव्यापी लकडाउन गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

उनका अनुसार लकडाउनका बेला सबै सरकारी कार्यालय तथा अदालतहरु बन्द रहनेछन् । तर औद्योगिक क्षेत्रहरु भने आलोपालो गरी चल्नेछन् । लकडाउनमा सबै सार्वजनिक तथा निजी कार्यालयहरु तथा अदालतहरु बन्द रहेछन् । तर उद्योग तथा मिलहरु आलो पालो सञ्चालन हुने अधिकारीहरुले जनाएका छन् ।

बंगलादेशमा पछिल्लो २४ घण्टामा ५ हजार ८३० जनामा कोरोना संक्रमण देखिएको छ । यही अवधीमा १०८ जनाको संक्रमणबाट मृत्यु भएको उल्लेख गरिएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले पछिल्लो समय संक्रमण तथा मृत्युको दर पनि बढ्दै गएको जनाएको छ ।

अहिलेसम्म बंगलादेशमा ८ लाख ७८ हजार ५९४ जनामा संक्रमण देखिएको छ । त्यसैगरी अहिलेसम्म ज्यान जाने व्यक्तिको संख्या करिब १४ हजार जना पुगेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...