कीभस्थित अमेरिकी दुताबास अस्थायी रुपमा बन्द

Kyve

काठमाडौँ । अमेरिकाले युक्रेनको कीभस्थित आफ्नो दुताबास अस्थायी रुपमा बन्द गरेको छ ।


बिबिसीका अनुसार अमेरिकाले कीभमा रुसले थप आक्रमण गर्ने सूचना पाएपछि दुताबासलाई अस्थायी रुपमा बन्द गरेको छ ।


दुतबासले एक आकस्मिक सूचना दिदै दुताबास अस्थायी रुपमा बन्द हुने र कर्मचारीलाई तत्काल सेल्टर लिन निर्देशन दिएको छ ।


पछिल्लो समय रुस र युक्रेनबीच द्वन्द बढ्ने संकेत देखिएको छ । अमेरिकाले युक्रेनलाई आफुले दिएका मिसाइल सीमा बाहिर प्रयोग गर्न अनुमति दिएपछि रुसले कडा प्रतिक्रिया दिएको छ ।


अमेरिकाले उत्तर कोरियाबाट १० हजारभन्दा बढी सैनिक ल्याएर रुसले युक्रेनमाथि आक्रमण बढाएको र थप बढाउन सक्ने बताउदै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...