कोरोनाबाट बच्न यी व्यक्तिले टाउकोमै झार उमारेर शहर डुलेपछि...

Head grass

काठमाडौं । कोभिड आउँदा जब यूरोपमा सरकारले मानिसहरुलाई दूरी कायम गर्न आग्रह गरेको थियो । यसै सन्दर्भमा बेल्जियमका एक कलाकारले एक नयाँ जुक्ति निकालेका छन् ।

उनले मास्कको साटो यो अनौठो जुक्ति निकालेका हुन् । एलेन नाम गरेका यी व्यक्ति जब ब्रसेल्सका सडकमा निस्किन्छन् मानिसहरु उनलाई फर्कीफर्की हेर्ने गरेका छन् । उनले एउटा सिसाको बाक्सामा बिरुवा लगाएर टाउको त्यस बाक्साभित्र राखेका छन् । बिरुवाले फ्याँक्ने ताजा अक्सिजन सिधै लिन उनले यस्तो उपाय अपनाएका हुन् ।

उनले आफूले पहिलो पटक यस पोर्टेबल ओएसिस बनाउँदा यस्तै सामाजिक दूरी कायम गर्न चाहन्थे । उनले मानिसहरुले आफूलाई निरस र घीन लाग्दो ठाने भने आफैंले आफूलाई यस्तै प्रकारले कैद हुन सकुँ भन्ने ठानेर बनाएको बताए ।

लकडाउनका कारण एकान्तवासले निरस बनेका मानिसहरु अब विस्तारै उनका नजिक आउन थालेको उनको भनाई थियो । ६१ वर्षका एलेनको यो उपाय १५ वर्ष पहिले नै आएको थियो । उनी ट्यूनिसियामा रहेको बेला त्याहाँका ओएसिस देखेर उनी प्रभावित बनेका थिए ।

उनलाई दमको रोग छ र मुखमा मास्क लगाउँदा भन्दा आफूलाई यसैमा श्वास लिन सजिलो भएको छ । उनका लागि यो मास्क कम र कलाकारिता बढी भएको छ । उनी भन्छन्, ‘मेरा लागि यो कलाको नमूना हो । मेरो विचारमा कला कुनै जवाफ दिनुभन्दा सवाल धेरै गर्दछ । मानिसहरु मेरो यो कला देखेर आफैंले आफैंलाई धेरै प्रश्न गर्दछन् र मलाई पनि प्रश्न गर्दछन् ।’

उनलाई आफ्नो लक्ष्य पुरा भएको ठान्छन् । उनलाई मानिसहरु बडो कौतुहलतापूर्वक हेर्छन् र सेल्फी खिच्छन् । धेरैले यसलाई नयाँ आविस्कार पनि मानेका छन् । कतिपयले भने पर्यावरणका लागि चालिएको सकारात्मक कदमका रुपमा पनि चर्चा गर्ने गरेका छन् ।

एलेन अहिले धेरै खुसी छन् । उनलाई उनको कलाकारिताबारे मानिसहरु सोधिरहका छन् । मानिसहरु यसैबारे चर्चा गर्ने गर्दछन् । मानिसहरुलाई उनी यहि त आभाष दिलाउन चाहन्थे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...