ब्राजिलका स्थल, जल तथा हवाई सेनाका प्रमुखले किन दिए एकसाथ राजीनामा ?

Brazil presedent

एजेन्सी । ब्राजिलमा स्थल सेना, जल सेना तथा हवाई सेनाका प्रमुखले एक साथ राजीनामा दिएका छन् । राष्ट्रपति जायर बोल्सोनारोसँगको असहमतिका कारण उनीहरुले राजीनामा दिएको बीबीसीले जनाएको छ ।

राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाव दिने प्रयास गरेको विरोधमा उनीहरूले राजीनामा दिएको बताइएको छ । सोमवार मात्रै आफ्ना विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएपछि मन्त्रिपरिषद्‌ पुनर्गठन गर्न बोल्सोनारु बाध्य भएका थिए । कोरोनाभाइरस महामारीलाई लिएर राष्ट्रपतिको लोकप्रियता खस्कँदो छ ।

दुई वर्षअघि सत्तामा आएका चरम दक्षिणपन्थी बोल्सोनारुले क्वारन्टीनसम्बन्धी नियमहरूको निरन्तर विरोध गर्दै आएका छन् ।

राष्ट्रपतिसँग मतभेद भएर ब्रजिलका सेना, नवसैनिक तथा हवाई फौजका प्रमुखहरूले एकसाथ राजीनामा दिनु त्यहाँको इतिहासमै पहिलो घटना भएको बताइएको छ ।

बोल्सोनारुप्रति वफादार मानिएका विदेशमन्त्रीले सांसदहरूको आलोचनापछि राजीनामा दिएको भोलिपल्ट सेना, नौसैनिक तथा हवाई फौजका प्रमुखहरूको राजीनामा आएको हो ।

चीन, अमेरिका र भारतसँग सुमधुर सम्बन्ध बनाउन नसकेको तत्कालीन विदेशमन्त्रीमाथि आरोप थियो । विदेशमन्त्रीले राजीनामा दिएको केही समयपछि रक्षामन्त्रीले पनि सोमवारै राजीनामा दिएका थिए । सन् २०१९ को ज्यानुअरीमा बोल्सोनारुले सत्ता सम्हालेयताकै सबैभन्दा ठूलो राजनीतिक सङ्कटको सामना गर्नुपरेको छ ।

कोरोनाभाइरसका कारण उत्पन्न स्थितिलाई लिएर हल्ला बन्द गर्न पनि बोल्सोनारुले आफ्ना नागरिकलाई भन्ने गरेका छन् । ब्रजिलमा कोरोनाभाइरसका कारण अहिलेसम्म तीन लाख १४ हजार व्यक्तिको ज्यान गइसकेको छ भने एक करोड २५ लाखमा सङ्क्रमण पुष्टि भएको छ ।

एजेन्सी । ब्राजिलमा स्थल सेना, जल सेना तथा हवाई सेनाका प्रमुखले एक साथ राजीनामा दिएका छन् । राष्ट्रपति जायर बोल्सोनारोसँगको असहमतिका कारण उनीहरुले राजीनामा दिएको बीबीसीले जनाएको छ ।

राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाव दिने प्रयास गरेको विरोधमा उनीहरूले राजीनामा दिएको बताइएको छ । सोमवार मात्रै आफ्ना विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएपछि मन्त्रिपरिषद्‌ पुनर्गठन गर्न बोल्सोनारु बाध्य भएका थिए ।
कोरोनाभाइरस महामारीलाई लिएर राष्ट्रपतिको लोकप्रियता खस्कँदो छ ।

दुई वर्षअघि सत्तामा आएका चरम दक्षिणपन्थी बोल्सोनारुले क्वारन्टीनसम्बन्धी नियमहरूको निरन्तर विरोध गर्दै आएका छन् ।

राष्ट्रपतिसँग मतभेद भएर ब्रजिलका सेना, नवसैनिक तथा हवाई फौजका प्रमुखहरूले एकसाथ राजीनामा दिनु त्यहाँको इतिहासमै पहिलो घटना भएको बताइएको छ ।

बोल्सोनारुप्रति वफादार मानिएका विदेशमन्त्रीले सांसदहरूको आलोचनापछि राजीनामा दिएको भोलिपल्ट सेना, नौसैनिक तथा हवाई फौजका प्रमुखहरूको राजीनामा आएको हो ।

चीन, अमेरिका र भारतसँग सुमधुर सम्बन्ध बनाउन नसकेको तत्कालीन विदेशमन्त्रीमाथि आरोप थियो । विदेशमन्त्रीले राजीनामा दिएको केही समयपछि रक्षामन्त्रीले पनि सोमवारै राजीनामा दिएका थिए । सन् २०१९ को ज्यानुअरीमा बोल्सोनारुले सत्ता सम्हालेयताकै सबैभन्दा ठूलो राजनीतिक सङ्कटको सामना गर्नुपरेको छ ।

कोरोनाभाइरसका कारण उत्पन्न स्थितिलाई लिएर हल्ला बन्द गर्न पनि बोल्सोनारुले आफ्ना नागरिकलाई भन्ने गरेका छन् । ब्रजिलमा कोरोनाभाइरसका कारण अहिलेसम्म तीन लाख १४ हजार व्यक्तिको ज्यान गइसकेको छ भने एक करोड २५ लाखमा सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...