यस्तो पनि ! मुखले नफुकिकनै यसरी बज्न थाल्यो बाँसुरी

Flute india

एजेन्सी । बाँसुरी मुखले फुकेर बजाउने बाद्य सामग्री हो । तर बाँसुरी मुखले नफुकिकनै बज्न थाल्यो भने के भन्नु हुन्छ ? यदी यस्तो समाचार सुन्न र देख्न पाइयो भने अब अचम्म नमान्दा हुन्छ । किनकी अब बाँसुरी मुखले नफुकिकनै बज्न थालेको छ ।

भारतको छत्तिसगढमा यस्तो अचम्मको दृष्य देखिएको हो । छत्तिसगढको नारायणपुर जिल्लाका निवासी मनीराम मंडावीले बाँसुरीलाई मुखले फुकेर हैन, हावामा हल्लाएर बजाउँछन ।

पीपुल्स अर्काइभ अफ रुरल इन्डियाले मनिराम मण्डावीको यो करामतको छोटो भिडियो सार्वजनिक गरेको छ ।

भिडियोमा मनीरामले बाँसुरीलाई हावामा हल्लाएर बजाउन सकिने अवधारणा ब्यक्त गरेको देख्न सकिन्छ ।

स्थानीय गोंड आदिवासी समुदायका मनीराम मंडावीले बताए अनुसार बाँसुरीलाई हावामा हल्लाएर संगीत उत्पन्न गर्ने मात्रै हैन । जंगलको यात्राका क्रममा जंगली जनावरहरुलाई तर्साउन पनि प्रयोग गरिन्छ ।

मनीरामले भने, “मैले बनाएको बाँसुरी संगीतको धुन उत्पन्न गर्न प्रयोग हुन्छ । आदिवासीहरुको परम्परा अनुसार जंगलसंगको सम्बन्ध अधिक हुन्छ त्यसैले यहाँका आदिवासीहरु बाघ, चितुवा, भालु जस्ता जंगली जनावरहरुलाई भगाएर सुरक्षित हुनका लागि पनि बाँसुरीलाई हावामा हल्लाएर बजाउँछन ।”

मनीरामले बाँसुरी बनाउनका लागि पनि जंगलबाटै त्यस्तै निश्चित आकारका बाँसहरु ल्याउँछन । यीनको बाँसुरी बनाउने तरिकामा पनि कुनै फरक छैन । बाँसुरी बनाउने सिद्यान्त ठ्याक्कै मिल्छ ।

तर मनीराम मंडावीलाई अहिले निकै दुख पनि लागिरहेको छ । जंगलको विनासका कारण उनको चित्त दुखेको हो । उनका अनुसार पहिले पहिले जंगलमा प्रसस्तै काठ, दाउरा र बाँस पाइन्थ्यो । तर अहिले वन मासिंदै जाँदा काठ र दाउराका अलावा बाँस पाउन पनि मुस्किल पर्न थालेको छ ।

फेरी पनि मनीरामले बाँसुरी बनाउने र बजाउने आफ्नो अनौठो कलालाई जसोतसो धानिरहेकै छन । पीपुल्स अर्काइभ अफ रुरल इन्डियाले सार्वजनिक गरेको भिडियो अहिले निकै भाइरल बनेको छ । जसका कारण मनीराम मंडावी पनि चर्चित पात्र बन्न थालेको भारतीय सञ्चार माध्यम इण्डिया टुडेले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...