विश्वभर कोरोनाबाट एकै दिन साढे ६ हजारभन्दा धेरैले ज्यान गुमाए

Corono death

काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र ६ हजार ९२९ जना संक्रमितले ज्यान गुमाएका छन् ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (सोमबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ लाख ७१ हजार ३५५ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.१८ प्रतिशत हो । हालसम्म विश्वभर आठ करोड ११ लाख २३ हजार १६१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

कूल संक्रमितमध्ये पाँच करोड ७२ लाख ७७ हजार १५२ जना उपचारपछि निको भइसकेका छन् । बाँकी दुई करोड २० लाख ७४ हजार ६५४ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन् ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ । त्यहाँ तीन लाख ४१ हजार १२८ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप एक हजार २०५ जनाको मृत्यु भएको छ ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ९१ हजार १४६ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ४७ हजार ९४० जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख २२ हजार २६, बेलायतमा ७० हजार ७५२, इटलीमा ७१ हजार ९२५, फ्रान्समा ६२ हजार ७४६, स्पेनमा ४९ हजार ८२४, इरानमा ५४ हजार ६९३, पेरूमा ३७ हजार ४१४, अर्जेन्टिनामा ४२ हजार ६५०, कोलम्बियामा ४२ हजार १७१ तथा रसियामा ५४ हजार ७७८ जनाको मृत्यु भएको तथ्यांक छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...