विश्‍वमा कोरोना संक्रमितको संख्या ७ करोड ९० लाख नाघ्यो

Corona world

काठमाडौं । विश्‍वमा पछिल्लो २४ घण्टामा छ लाख ६९ हजार ९७८ जना कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा १३ हजार २५७ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

विश्‍वमा हालसम्म कुल संक्रमित संख्या सात करोड ९० लाख २२ हजार ९२१ पुगेको छ। तीमध्ये १७ लाख ३६ हजार २९८ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । अहिलेसम्म पाँच करोड ५६ लाख एक हजार १६१ जना संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमित दुई करोड १६ लाख ८५ हजार ४६२ जना छन् । विश्‍वमा अहिले एक लाख छ हजार ५४६ जना गम्भीर बिरामी छन् ।

 

प्रतिकृया दिनुहोस