बेलायतमा भेटियो कोरोनाको नयाँ रुप, विश्वका ४० देशले लगाए प्रतिबन्ध

Corona new variant sqvcqk5ltv

एजेन्सी । गत डिसेम्बरमा चिनको हुवानबाट फैल्लिएको कोरोना भाइरस विश्व महामारीको रुप लिएसंगै लाखौं मानिसको मृत्यु भयो । संसार भरी फैलिएको उक्त भाइरस सिथिल नहुँदै फेरी बेलायतमा कोरोनाभाइरसको नयाँ प्रकार भेटिएको छ ।

बेलायतमा कोरोनाको नयाँ प्रकार भेटीएसंगै विश्वका ४० भन्दा बढी देशहरुले बेलायतबाट हुने आवागमनमा प्रतिबन्ध लगाएका छन् । युरोपेली संघले एक साझा नीति बनाउनेबारे छलफल गरिरहेको बताएको छ । त्यस्तै डेनमार्कमा पनि कोरोनाको नयाँ प्रकार भेटिएको छ ।

भाइरसको नयाँ स्टेन बढी संक्रामक भएको अधिकारीहरुले बताएका छन् । तर प्रमाण भने हालसम्म भेटिएको छैन । विश्व स्वास्थ्य संगठनले यसलाई महामारीको फैलावटको क्रममा नयाँ स्ट्रेन भेटिनु सामान्य भएको र यो अनियन्त्रित भने नभएको बताएको छ ।

तर आइतबार बेलायतका स्वास्थ्य सचिव म्याट हेनककले नयाँ प्रकारका लागि अनियन्त्रित शब्दको प्रयोग गरेका थिए ।

प्रतिकृया दिनुहोस