अफगान सेनाको कारबाहीमा ७४ तालीवान लडाकूको मृत्यु

Afgan army 768x513

एजेन्सी । अफगानिस्तानमा सेनाको कारबाहीमा ७४ तालीवान लडाकुको मृत्यु भएको छ । सुरक्षाकर्मीले तालिवान विद्रोहीको आधार क्षेत्र मानिने कान्दाहारमा गरेको सुरक्षा कारबाहीमा कम्तीमा ७४ जनाको मृत्य अफगानिस्तानको रक्षा मन्त्रालयले जनाएको छ ।

रक्षामन्त्रालयले ट्वीटरमार्फत् जारी सूचनामा भनिएको छ, ‘कान्दाहारको झेरिया, दाँद, पञ्ज्वाव र अर्गान्दाब जिल्लाहरूमा विगत २४ घण्टामा गरिएका कार्बाहीमा ७४ तालीवान लडाकूको मृत्यु भएको छ । सरकारी सेनाको नियन्त्रणमा रहेको भूभागमा विद्रोहीले आक्रमणको तयारी थालेको आरोप लगाउँदै सेनाले सुरु गरेको कार्बाहीका क्रममा उनीहरूको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कार्बाहीमा विद्रोही समूहबाट ठूलो सङ्ख्यामा हतियार तथा बन्दोबस्तीका सामान नियन्त्रणमा लिएको सरकारी अधिकारीले दावी गरेका छन् । कान्दाहारमा हालैका दिनमा भीषण झडप भएका र यसका कारण अघिल्लो साता मात्र ८२ व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस