मास्क नलगाएका कारण चिलीका राष्ट्रपतिलाई तिराइयो ४ लाख जरिवाना

 116182544 064868848 1

एजेन्सी । कोरोनाभाइरस महामारीको महामारीमा लगाइएका प्रतिबन्ध अवज्ञा गरेपछि चिलीका राष्ट्रपति सेबास्टियन पिन्येरालाई ३ हजार ५०० डलर अर्थात् (४ लाख ११ हजार रुपैयाँ) जरिवाना तिराइएको छ । यो महिनाको सुरुवातमा एक महिलासँग बिना मास्क तस्वीर खिचेका राष्ट्रपति पिन्येराले महामारी नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध तोडेको भन्दै जरिवाना तिराइएको बीबीसी हिन्दीले जनाएको छ ।

सोसल मिडियामा भाइरल भएको ती महिलासँगको राष्ट्रपति पिन्येराको सेल्फी तस्वीरमा दुबै जनाले मास्क लगाएको देखिदैन । चिलीमा मास्क नलगाउँदा जरिवाना र जेल सजायको पनि प्रावधान छ । कसैले मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल गरेमा जेलसमेत पुग्ने प्रावधान रहेको समाचार एजेन्सीलेहरुले उल्लेख गरेका छन् । चिलीमा कोरोना संक्रमणका कारण १६ हजार बढीको ज्यान गइसकेको छ । भने ५ लाख बढीलाई संक्रमण पुष्टि भइसकेको छ ।

 

प्रतिकृया दिनुहोस