चन्द्रमाबाट माटो र ढुंगा लिएर फर्कियो चिनियाँ यान

Moon samples 1

एजेन्सी । चन्द्रमाबाट माटो र ढुंगा ल्याउने अभियानमा चीनले सफलता प्राप्त गरेको छ । चीनको अन्तरिक्षयान च्याङ्ग’इ–५ को कार्गो सफलता पूर्वक चन्द्रमाको माटो र ढुंगा लिएर बुधबार पृथ्वीमा फर्किएको हो ।

स्थानिय समयअनुसार बिहिवार १ः३० बजे मंगोलियाको मध्यभागमा यान अवतरण गरेको बीबीसीले जनाएको छ ।

अमेरिका र तत्कालिन सोभियत संघपछि करिब ४० वर्षपछि चिनले चन्द्र ग्रहबाट नमुना संकलन गरी पृथ्वी फर्केको हो । संकलन गरिएको उक्त नमुनाले चन्द्रमाको भौगर्भिक विषयमा थप नयाँ कुरा पत्ता लगाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

चन्द्र मिसन चाङ्ग(अ फाइभलाई अन्तरिक्षतर्फको प्रतिष्पर्धामा चिनको ठूलो सफलताका रुपमा हेरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...