अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउने अभियान सुरु

Vac

एजेन्सी । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत सोमबार खोप अभियान सुरु गरिएको जानकारी दिएका हुन् । ट्रम्पले ट्विट गरेका छन्, ‘अमेरिकामा पहिलो खोप लगाइयो ।

अमेरिकी सञ्चारमाध्यमका पहिलो खोप अश्वेत नर्स सन्ड्रा लिन्ड्जेलाई लगाइएको हो । अमेरिकामा पहिलो चरण स्वास्थ्यकर्मीलाई खोप दिइनेछ । त्यसका लागि अमेरिकाका विभिन्न राज्यका १४५ स्थानमा खोप पुर्‍याइएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्सलाई पनि खोप लगाउन प्रस्ताव गरिएको छ ।

तर ट्रम्पले अहिले नै खोप लगाउँछन् कि लगाउँदैनन्, स्पष्ट भइसकेको छैन । किनकि उनी यसअघि नै कोरोनाबाट संक्रमित भइसकेका छन् । अमेरिका संसारमा सबैभन्दा बढी कोरोनापीडित मुलुक हो ।

प्रतिकृया दिनुहोस