नाइजेरियाको स्कुलमा सशस्त्र समूहको आक्रमण, केही विद्यार्थीको अपहरण

Naijeria violence 20190617123844

नाइजेरिया । नाइजेरियाको उत्तरी क्षेत्रस्थित एउटा स्कुलमा सशस्त्र समूहले आक्रमण गरी केही विद्यार्थीहरुलाई अपहरण समेत गरेको बताइएको छ । सशस्त्र समूहले साँझको समयमा माध्यमिक तहको विद्यालयमा आइ आक्रमण गर्दा २ सय जति विद्यार्थीहरु भागेर जीवन जोगाएका थिए । मोटरसाइकलमा आएको समूहले पढाइ भइरहेको समयमा यस्तो हमला गरेका थिए । यस क्रममा सेनाले प्रतिकार गरेर उनीहरुलाई भगाएको जानकारी दिएको छ ।

प्रहरी प्रवक्ता इसा ग्याम्बोका अनुसार सुरक्षाकर्मीले डेढ घण्टा उनीहरुसँग प्रतिकार गरेका थिए । स्थानीयले भने केही विद्यार्थीलाई अपहरण गरेकाले आफूहरुले खोजीरहेको बताए ।

यस्तै अन्य क्षतिको पूर्ण विवरण भने आइसकेको छैन । नाइजेरियाको ग्रामीण इलाकामा अघिल्लो साता मात्रै सशस्त्र समूहको आक्रमणबाट ११० किसानहरु मारिएका थिए । पछिल्लो समय नाइजेरियाका कतिपय ग्रामीण इलाकामा बोको हराम लगायत अरु केही सशस्त्र समूह सक्रिय छन् ।

प्रतिकृया दिनुहोस