जो बाइडेनका छोरा हन्टरमाथि कर छलीको आरोप

Hunter 1607563599

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले आफूमाथि अनुसन्धान चलिरहेको जानकारी दिएका छन् । उनीमाथि कर छलीको आरोप लागेको छ । उनीमाथि डेलावेर राज्यमा जाँच चलिरहेको हो ।

हन्टर बाइडेनले आफूले जाँचलाई गम्भीरता पूर्वक लिएको र छानबिनपछि आफूले कानूनअनुसार कर तिरिरहेको पुष्टि हुने बताएका छन् । यता जो बाइडेन र कमला ह्यारिसको टीमले उनले निर्वाचनमा खेलेको भूमिका गर्व गर्न लायक रहेको बताएको छ । उक्त टीमले एक स्टेटमेन्ट जारी गरेर हन्टर अहिले मुस्किल चुनौतीको सामना गरिरहेको र यसमा उनीमाथि गएको महीना भएको विद्वेषपूर्ण व्यक्तिगत हमला पनि एक भएको दाबी गरेको छ ।

हन्टरले उनलाई कर जाँचको मामिला मंलबार मात्र थाहा भएको जनाएका छन् । यसबारे उनले थप जानकारी सार्वजनिक गरेका छैनन्। २०२० को राष्ट्रपति निर्वाचन प्रचारमा हन्टरमाथि रिपब्लिकन पार्टीले निशाना बनाएको थियो ।

डोनाल्ड ट्रम्पमाथि महाभियोगको प्रक्रिया चलिरहँदा हन्टर आफ्ना बाबु उपराष्ट्रपति हुँदा एक युक्रेनी उर्जा कम्पनीको बोर्ड सदस्य भएको मामिला पनि छानबिनको दायरमा आएको थियो । ट्रम्पमाथि युक्रेनलाई उक्त कम्पनीमाथि जाँच गर्न दबाब दिएको आरोप लागेको थियो। ट्रम्पले जाँच अघि नबढाए सैन्य सहयोग रोक्ने युक्रेनलाई चेतावनी पनि दिएका थिए ।

प्रतिकृया दिनुहोस