भारत किसान आन्दोलनः केन्द्र सरकारद्धारा विवादास्पद कृषि विधेयक फिर्ता लिन अस्वीकार

Farmer protest india e1607437049525

नयाँ दिल्ली । भारतको केन्द्र सरकारले विवादास्पद कृषि कानुन फिर्ता लिन अस्वीकार गरेको छ । मंगलबारको वार्ताका क्रममा सरकारी अधिकारीहरुले कानुन संशोधन गर्ने तर फिर्ता नलिने बताएपछि बुधबारको वार्ता अनिश्चित बनेको छ । वार्तामा सहभागी किसान नेता हनन मुल्लाले सरकार कृषि कानुन फिर्ता लिन तयार नभएकाले अब आन्दोलनरत किसानहरु फेरि वार्तामा सहभागी हुने सम्भावना कम रहेको बताए ।

‘गृहमन्त्री अमित शाहले सरकारले संशोधनका बारेमा लिखित प्रस्ताव दिने बताएका छन्, तर हामी कानुन फिर्ता होस् भन्ने चाहन्छौं, बीचको बाटो छैन,’ उनले भने । मंगलबार अबेरसम्म चलेको वार्तामा गृहमन्त्री शाहले बुधबार एक लिखित प्रस्ताव पठाउने र त्यसलाई किसान संगठनले अध्ययन गरेपछि पुनः वार्तामा बस्ने बताएका थिए।

 

प्रतिकृया दिनुहोस