टर्कीमा कोरोना संक्रमण तीव्र भएपछि रात्रिकालीन कर्फ्यु

1606872845 turkey

एजेन्सी । टर्कीमा कोरोना भाइरसको संक्रमण तीब्ररुपमा बढेपछि रात्रिकालिन कफ्र्यु लागु गरिएको छ । कोरोना संक्रमितको संख्या दैनिक ३० हजारभन्दा बढी हुन थालेपछि टर्कीमा रात्रिकालीन कर्फ्यु लागू गरिएको हो । टर्कीका राष्ट्रपति रेसेप तायिप इर्दोगानले राति ९ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने घोषणा सोमबारको मन्त्रिपरिषद् बैठकमा गरेका हुन् ।

यस्तै, शुक्रबार साँझ ९ बजदेखि सोमबार बिहान ५ बजेसम्म लकडाउन घोषणा गरिएको छ । यस अवधिमा ग्रोसरी स्टोर र खाद्यान्नका सेवा भने निश्चित समयका लागि खुला हुन दिइनेछन् ।

यसका साथै ६५ वर्षभन्दा बढी उमेरका र २० वर्षभन्दा कम उमेरका नागरिकलाई सार्वजनिक यातायात प्रयोगगर्न अनुमति दिइएको छैन। विवाह र अन्त्येष्टि संस्कारमा ३० जनाभन्दा बढी भेला हुन पाइनेछैन भने नयाँ वर्षको समारोह रद्ध गरिनेछन् ।सोमबार टर्कीमा ३१ हजार २ सय १९ संक्रमित थपिएका हनु्। त्यहाँ ८ दिनदेखि लगातार ३० हजारभन्दा बढी संक्रमित थपिइरहेका छन् । यस्तै, २४ घण्टामा १ सय ८८ जनाको मृत्यु भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

नेपाल दलित मुक्ति संगठनले भन्यो, ओलीको कदम असंवैधानिक छ

Dalit mukti sangathan

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तवरले प्रतिनिधिसभा विगटन गरेपछि नेपाल कम्युन...