उत्तरकोरियाका सर्वोच्च नेता किम जोङ उनका भतिजा बेपत्ता

Kim jone un

एजेन्सी । उत्तरकोरियाका सर्वोच्च नेता किम जोङ उनका भतिजा किम हान सोल एक्कासि बेपत्ता भएका छन् । हान सोल किम जोङ उनका सौतने भाई किम जोङ नामका छोरा हुन् । किम जोङ नामको सन् २०१७ मा क्वालालाम्पुर एयरपोर्टमा हत्या गरिएको थियो ।

उनी वेपत्ता भएलगत्तै अनेक शंका गर्न थालिएको छ । हानका बुवाको हत्या आरोपमा एक भियतनामी र इन्डोनेसियाली महिला पक्राउ परेका थिए भने हत्यामा किम जोङ उनको नाम पनि जोडिएको थियो । तर उत्तर कोरिया सरकारले आरोपको खण्डन गरेको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामरुका अनुसार अहिले बेपत्ता भएका सोल, उनकी बहिनी र आमाले सन् २०१७ मै गोप्य ढंगले उत्तरकोरिया छाडेका थिए । सोल अन्तिमपटक अमेरिकी गुप्तचर एजेन्सी ९सिआइए०का एक एजेन्टसँग देखिएका थिए । त्यसपछि उनको बारेमा केही खबर बाहिर नआएको जनाइएको छ । आफ्नो पिताको हत्यापछि उनी सार्वजनिक जीवन र चर्चाबाट टाढिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...