स्थानीय र जीव नै डराउने गरी जब यसरी नदीमा रगत बग्न थाल्यो...

Red water in river

काठमाडौं । रुसको एक नदीको पानीको रंग अचानक रगत जस्तो रातो भएपछि स्थानीयहरु आश्चर्यसंगै त्रसित भएका छन ।

दक्षिणी रुसको औद्योगिक शहर केमोरेवो भएर बहने इस्कितिम्का नदीको पानी रगत जस्तो रातो भएको हो । झट्ट हेर्दा लाग्छ, नदीमा पानी हैन, रगत बगिरहेका छ ।

नदीको पानी रहस्यमय तरिकाले रातो भएपछि यहाँ हाँसहरु पनि पौडिन आउन छाडेका छन भने जनावरहरु पनि पानी पिउन आउन छाडेका छन ।

केमोरेवो क्षेत्रका बासिन्दाहरुले बताए अनुसार रातो रंगको पानी यसअघि बन्द भएको एक ढलबाट आइरहेको छ । यो समस्याको समाधानका लागि स्थानीय प्रशासनले प्रयास पनि गरिरहेको छ ।

डेलिमेलका अनुसार यो नदीको पानी किन रातो भयो भन्ने बारेमा स्पष्ट कारण थाहा हुन सकेको छैन । रातो रंगमा परिणत भएको यो नदीको पानी मानिस, चराचुरुङ्गी र जनावरका लागि दुषित भए नभएको बारेमा पनि स्पष्ट हुन सकेको छैन ।

त्यसो त, रुसमा नदीको पानी रातो भएको यो पहिलो घटना हैन । यसअघि पश्चिमी रुसको नारो–फोमिंस्क नदीको पानी पनि एक रशायनको चुहावटका कारण रातो भएको थियो ।

त्यस्तै केही समयअघि रुसकै भोज्देन्या नदीको पानी पनि रातो भएको थियो । स्थानीयहरुका अनुसार उनीहरुलाई यो प्रदुषणका बारेमा कुनै जानकारी दिइएको छैन ।

नदीको पानी रातो रंगमा बदलिएको घटनालाई ग्लोबल वर्मिङसंग पनि जोडेर हेर्ने गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...