यी महिला, जो ५६ वर्षमा ११ औं पटक विवाह गर्ने रहर अझैं कायमै

Cassey 14

विवाह गर्नेका लागि हरेक मानिस योग्य जीवनसाथीको खोजी गर्दछन् । उसैका साथ पुरै जीवन बिताउने सङ्कल्प पनि गर्दछन् । तर, अमेरिकामा एक महिलाले आफूले खोजे जस्तो योग्य बरका लागि दश पटकसम्म विवाह गरेकी छन् ।

उनलाई कति विवाह गरिसकेको र आगामि दिनमा कति विवाह गर्ने भन्नेभन्दा पनि आफू अझै योग्य बरको खोजीमा रहेको बताउने गर्दछिन् ।

योग्य बरको खोजीमा १० पटकसम्म विवाह गर्ने ती अमेरिकी महिलाको नाम हो, केसी । उनी अमेरिकाको न्यूयोर्क शहरमा बस्दछिन् । हालै उनले अमेरिकाको चर्चित टिभी शो ‘डक्टर फिल शो’ मा यो कुराको खुलासा गरेकी हुन् । उनी उक्त शो मा सफल महिला उद्यमीको रुपमा भाग लिएकी थिइन् र आफ्नो व्यक्तिगत जीवनको बारेमा कुराकानी गरेकी थिइन् ।

५६ वर्षीया केसीले आफूलै १० औं पटकको विवाहको अन्त्य गरेको बताइन् । उक्त विवाहबाट उनी असहज महशुस गरिरहेकी थिइन् । उनी आफ्नो सम्बन्धबाट खुसी थिइनन् । कुनै न कुनै कुराले उनीहरुबीच झगडा हुने गरिरहन्थ्यो । त्यसकारण उनी नयाँ जीवनसाथीको खोजीमा छन् । उनले आफूलाई योग्य पतिको खाँचो रहेको बताइन् ।

ती महिलाको सबैभन्दा लामो बिवाह ८ वर्ष टिकेको थियो भने छोटो समय ६ महिना मात्र रहेको थियो । उनी भन्छिन्, ‘मैले १० पटकसम्म विवाह गरेकी हुँ तर मैले जीवनमा धेरै उतार–चढाव पनि देखेकी छु ।’ १० पटकसम्म विवाह गर्नु आफ्ना लागि गर्वको कुरा भएको उनी बताउँछिन् ।

आफ्नो सम्बन्ध अब अगाडि बढ्ने सम्भावना नदेखेपछि उनी तुरुन्त त्यसप्रकारको सम्बन्धलाई पूर्णविराम दिने गरेको स्वीकार्दछिन् । आफ्ना जीवनसाथीलाई मलाई तुरुन्त सम्बन्ध विच्छेद गर्नुपर्यो म तपाईंसँग खुशी छैन भनेर उनी सिधै भन्ने गर्दछिन् । केसीका एक छोरा पनि छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...