अनौठो कुकुर, जुन हरियो रंगमै यसरी जन्मियो !

Hariyo kukur

इटली । इटलीमायो वर्ष पहिलेभन्दा धेरै अनौठा घटनाहरू भए । इटलीका एक कृषक क्रिस्टियन मालोस्सीले त्यस्तै एउटा अनौठो घटना देखे । उनले पालेको स्पेलाच्चियो नामक पोथी कुकुरले जन्माएका पाँच बच्चामध्ये एउटा हरियो रङ्गको छ ।

भूमध्यसागरस्थित सार्डिनिया टापुमा जन्मिएको त्यो अद्भुत छाउराको नाम पिस्टाचियो राखिएको छ । पिस्टाचियोसँगै जन्मेका अरू छाउराछाउरीको रौँ आफ्ना माउको जस्तै सेतो छ ।

हरियो रौँ भएको कुकुरको जन्म दुर्लभ मानिन्छ । गर्भमा हुँदा बिलिभर्डिन नामक हरियो रङ्गका कारण उसको रौँ हरियो भएको भन्ठानिएको छ । तर बिस्तारै पिस्टाचियोको रङ्ग उड्न थालिसकेको र यो क्रम कायम रहने बताइएको छ ।

मालोस्सीले पिस्टाचियो आफूले पाल्ने तर अरू छाउरा अरू मानिसलाई पाल्न दिने निर्णय गरेका छन् । हुर्केपछि पिस्टाचियोलाई भेडीगोठमा प्रयोग गर्ने उनको विचार छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...