यस्तो पनि ! १४० रुपैयाँमा घर किन्न पाइन्छ

Salemi town italy

आफ्नै स्वामित्वको राम्रो घर होस भन्ने हरेकको चाहना हुन्छ । तर सबैका चाहना पुरा हुन सक्दैन । किनकी घर बनाउन वा किन्न धेरै ठूलो मुल्य चुकाउनु पर्छ ।

कतिपयले आफ्नो जीवनभरको कमाई पनि घरका लागि खर्च गर्छन । तर इटलीको सिसिली द्वीपमा एउटा घर किन्न १४० रुपैयाँ तिरे पुग्छ । यद्यपी यहाँ कोही पनि बस्न चाहंदैनन् ।

सिसिली द्वीपको सलेमी शहरमा एउटा घर किन्नका लागि केवल १ युरो तिरे पुग्छ । यो एक ऐतिहासिक शहर हो । जहाँ १६औं शताब्दीमा बनेका घरहरु पनि छन ।

यो शहरलाई सन १९६८ मा आएको भूकम्पले निकै धेरै क्षति पुर्याएको थियो । समाचार अनुसार पछिल्ला केही बर्षदेखि यो शहरले बसाई सराईको मार खेप्दै आएको छ ।

सडक, बिद्युत, खानेपानी, ढललगायतका सबै सुविधाहरु उपलब्ध भएपनि यहाँका मानिसहरु यो सलेमी शहरलाई छाडेर अन्तै बसाई सर्दैछन ।

यस शहरका मेयर डोमेनिको भेनुटीका अनुसार यो शहरमा पुनः आबादी बढाउनका लागि कम मुल्यमा घर बेच्न लागिएको हो ।उनका अनुसार सरकारले यो शहरमा पुनः आवादी बढाउने योजना केही बर्षअघिदेखि कार्यान्वयन गर्दै आएको छ ।

यसबीचमा कोरोना महामारीले पनि योजना कार्यान्वयनमा समस्या उत्पन्न गराएको छ । मेयर भेनुटीले बताए अनुसार सबै घरहरु सिटी काउन्सिलको भएकाले खरिद विक्रीमा कुनै झमेला हुँदैन ।

सन २०१८ मा पनि ईटलीको ओलोलि शहरमा १३४ रुपैयाँमा घर विक्री गरिएको सिएनएनले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...