कुखुराको भालेको आक्रमणबाट प्रहरी प्रमुखको मृत्यु !

Cock death

फिलिपिन्समा लडाकु भालेको आक्रमणबाट एक प्रहरी अधिकारीको मृत्यु भएको छ । अवैधरुपमा भाले जुधाइ भइरहेको सूचनाका आधारमा छापा हान्न पुगेको प्रहरी टोलीमाथि भालेले आक्रमण गर्दा फिलिपिन्समा नगर प्रहरी प्रमुखको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार समार प्रान्तमा भीडभाडले कोरोना संक्रमण फैलिने भन्दै भाले जुधाइ रोक्नका लागि प्रहरीले छापा मारेको थियो । छापा मार्ने क्रममा भालेले प्रहरीमाथि आक्रमण गरेको थियो ।

नगर प्रहरी प्रमुख क्रिष्टियन बोलोकको भाले समाप्ने क्रममा भालेको आक्रमणबाट मृत्यु भएको फिलिपिन्सका सञ्चारमाध्यमले जनाएका छन् । गभर्नर एड्विन ओङचुआनले भालेको खुट्टामा ब्लेड लगाइएको र भालेले निरन्तर आक्रमण गर्दा प्रहरी प्रमुखको मृत्यु भएको जनाएका छन् ।

भालेको आक्रमणबाट खुट्टाका नशा काटिएको र अत्यधिक रगत बगेकाले मृत्यु भएको चिकित्सकहरुले बताएका छन् । प्रहरीले घटनापछि तीनजनालाई पक्राउ गरेर कारबाही प्रक्रिया सुरु गरेको छ । घटनास्थलबाट प्रहरीले ७ वटा कुखुरा बरामद गरेको छ ।

सरकारले भालेको आक्रमणबाट मृत्यु भएका प्रहरी प्रमुखको परिवारलाई आर्थिक सहायता दिने घोषणा गरेको छ । फिलिपिन्समा भाले जुधाइ चर्चित खेल हो । लाइसेन्स लिएर खेलाउन पाइने भए पनि अहिले कोरोना संक्रमणले प्रतिबन्ध लगाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...