एउटै भेडाको मुल्य ५ करोड बढी

Sheep

एजेन्सी । स्कटल्याण्डको टेक्सल प्रजातिको भेडा ५ करोड ७३ लाख बढीमा बिक्री भएको छ । यो संसारको महँगो भेडा भएको बताइएको छ । सो भेडा गत महिना स्कटल्याण्डको ल्यानार्कको स्कटिश नेश्नल टेक्सल सेलमा बेचिएको थियो ।

भेडाको शुरुआती मूल्य १० हजार ५०० डलर थियो, जसको लिलामीको मूल्य बढ्दै अन्ततः भेडालाई ४ लाख ९० हजार ६५१ अमेरिकि डलरमा बिक्रि भयो, अर्थात नेपाली मुद्रामा ५ करोड ७३ लाख बढी रुपैयाँ परेको छ ।

सो भेडालाई तीन जनाले मिलेर किनेका थिए । भेडा किन्न सबैभन्दा धेरै पैसा लगाउने एक जेफ आइकनले भने, हामीले किनेको भेडा विशेष थियो । सबैजना यसलाई किन्न चाहन्थे ।टेक्सल भेडा ज्यादै दुर्लभ प्रजाति हो ।

जसको कारण माग बढ्दो छ । यी प्रजातिको भेडा नेदरल्याण्ड्सको तटबाट टाढा टेक्सेलको सानो टापुमा जन्मेका छन् । टेक्सल भेडालाई डबल डायमण्ड पनि भनिन्छ । यसको मुल्य निकै महंगो हुने गरेको छ । तर यस समय हालिएको मूल्यले भने विश्वमै महंगो बनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...