मान्छेलाई नै फँसाउन सक्ने माकुराको ठूलो जालो ?

Spider web gcqf9mkc1t

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यको एक जंगलमा माकुराको ठूलो जालो देखिएको छ । जालो यति ठूलो छ कि जसमा मान्छे पनि फँस्न सक्छ । मिसौरीको वातावरण संरक्षण विभागको एक कर्मचारीले उक्त जालो देखेका हुन् । उनैले खिचेर सामाजिक सञ्जालमा राखेको फोटो यतिबेला भाइरल बनेको छ ।

फोटोले धेरै आकर्षण बटुलेको छ । यो जालो ओर्ब विवर नामको माकुराले बनाएको हो । यो जालो दुई रूखको बीचमा छ । यतिधेरै ठूलो छ कि यसले मान्छेलाई पनि फँसाउन सक्छ ।

वातावरण संरक्षण विभागका अनुसार ओर्ब विवर माकुरालाई वर्न स्पाइडरको रूपमा पनि चिनिन्छ । यी माकुराहरू मान्छेका लागि हानिरहित हुन्छन् । यिनीहरू ठूलो र जटिल प्रकारको जालोका लागि प्रसिद्ध छन् । यी माकुराहरूले आफ्नो जालो बनाउँछन् र आफैं खान्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...