भारतमा ५० लाखभन्दा बढी कोरोना संक्रमित निको

Coronavirus in india 1200x560

एजेन्सी । भारतमा कम्तीमा पनि ५० लाख कोरोना सङ्क्रमित निको भएका बताइएको छ । भारतीय सरकारले यहाँ पछिल्लो समयमा निको हुने दर बढेको बताउँदै अहिलेसम्ममा कम्तीमा पनि ५० लाखलाई निको भएको बताएको हो ।

त्यसैगरी भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो समयमा अर्थात गएको ११ दिनमा मात्र १० लाखभन्दा बढी यसका सङ्क्रमितहरु निको भएका बताएको छ । सो मन्त्रालयले गएको जुन महिनाको ३० तारिखमा मात्र यहाँका १ लाख मात्र नागरिक निको भएको

तथ्यांक रहेकोमा अहिले सो संख्या ५० लाख पुगेको जनाएको छ । सो मन्त्रालयले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुरा जनाइएको छ । उक्त विज्ञप्तिका अनुसार भारतमा हाल हरेक दिन कम्तीमा पनि ९० हजार जना सङ्क्रमितहरु निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य संरचना तथा पूर्वाधारका साथै पछिल्ला दिनहरुमा जनस्वास्थ्यका मापदण्डहरुको पालना गरेका कारण निको हुने दर बढेको पनि सो विज्ञप्तिमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...