यौन आनन्दका लागि बाँदरले यसरी लैजान्छ अर्काकी श्रीमति

Monkey sex

काठमाडौं । संसारभर भएका विभिन्न अध्ययनले मानिसले जस्तै जनावरले पनि यौन सन्तुष्टि प्राप्त गर्छन् भन्ने पुष्टि भएको छ । धेरैलाई सन्तान प्राप्तिका लागि मात्रै जनावरले यौन क्रिया गर्छन् भन्ने लाग्ने गरेको छ । तर, संसारभरका दर्जनौँ अध्ययनबाट जनावरले पनि यौन आनन्द लिने गरेको पाइएको छ ।

अमेरिकाको कोलोराडो युनिभर्सिटीका विज्ञ मार्क बेकोफले लाइफसाइन्सेस डटकममा लेखेको आलेखमा धेरैजसो स्तनपायी जनावरहरूले यौन जीवनको बारेमा आनन्द लिने गरेको उल्लेख छ ।

अध्ययनमा धेरै जनावरहरूले बच्चा जन्माउनकै लागि यौन सम्बन्ध राख्छन् । केही जनावरले भने यौन आनन्दका लागि पनि यौन क्रिया गर्ने गरेको पाइएको छ । केही जनावरले विशेष मौसममा यौन सम्बन्ध राख्ने गरेका छन् ।

समाजशास्त्रीहरुले सर्पजस्ता केही जीवले यौन सम्पर्क राख्नुअघि सेक्स अघि ‘फोरप्ले’को मजा लिन्छन्, जुन एक घण्टासम्म चल्छ । बोनोबोज र डल्फिनहरूले मनोरञ्जनका लागि यौनसम्बन्ध राख्ने गरेको विभिन्न अध्ययनमा उल्लेख छ ।

जीव सम्बन्धि वैज्ञानिक जस्टिन गर्लाच कछुवाहरूले आनन्दको लागि नै यौनसम्पर्क राख्ने गरेको दावी गर्छन् । बाँदरको यौनसम्पर्क भने मानिससँग मिल्दोजुल्दो हुन्छ । उनीहरूका लागि पनि यौन केवल सन्तान प्राप्तिका लागि मात्रै हुँदैन । बाँदरहरूले हस्तमैथुन पनि गर्छ भन्ने वैज्ञानिकहरुले पुष्टि गरेका छन् ।

जनावरहरुमध्ये बाँदर मानिस जस्तै यौनमा सक्रिय हुने गरेको छ । जनावरविद् डा. मुकेश चालिसेका अनुसार बाँदरले अर्काकी श्रीमतीसमेत लैजाने गरेको छ ।

जनावरहरूमा यौन आनन्दको पहिचान र मापन गर्न गाह्रो छ तर तिनीहरूको अनुहारको हाउभाउ, शारीरिक चालचलन र स्नायु, मांसपेशीहरू हेरेर जनावर पनि आनन्दको चरम सीमामा पुग्छन् भन्ने वैज्ञानिकहरुको निष्कर्ष छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...