कोरोनाको डर भगाउन हरर थेरापी अपनाउँदै जापानिज, कफिनमा बस्दै जिउँदो मानिस

Horor therapy

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को चपेटामा पुरै विश्व रुमल्लिएको अवस्था छ । मानिसमा कोरोना संक्रमणको डर अत्यधिक रहेको छ । यसैबीच, जापानमा एक समूहले मानिसलाई काेराेना संक्रमणको डरबाट मुक्त गराउनका लागि अनौठो तरिका अपनाएका छन् ।

जापानको एक समूहले मानिसलाई कोरोनाको डरबाट मुक्त गराउनका लागि उनीहरुलाई कफिनमा राखेर मृत्युको आभास गराउन सुरु गरेका छन् । यसक्रममा पहिला व्यक्तिलाई कफिनमा राखेर उसको आसपासमा धारिलो हतियार लिएको अर्को व्यक्तिले पहरा दिन्छ ।

करिब १५ मिनेटसम्म व्यक्तिलाइृल कफिनमा राखेर डरलाग्दो कहानीहरु सुनाउँदै डराउने गरिन्छ । जसबाट कफिनमा रहेको व्यक्ति डरले चिच्याउन सकोस् । यसक्रममा कफिनमा रहेको व्यक्तिलाई बाहिरबाट नक्कली हातले घोच्ने पनि गरिन्छ ।

कफिनमा रहेको व्यक्तिमाथि पानीको फोहरा हान्ने, ढक्ढकाउने लगायत पनि गरिन्छ । जापानको कोवागसेटाई कम्पनीले मानिसमा कोरोनाको डर हटाउनका लागि यस्तो कार्यक्रम सुरु गरेको हो ।

स्केयर स्क्वाडको यो विशेष कार्यक्रममा मानिसलाई तनावबाट राहत दिनु मुख्य उद्देश्य रहेको बताइएको छ । यस्तो थेरापीबाट मानिसले आराम मिलेको प्रतिक्रिया दिएका छन् । यस्तो थेरापी कार्यक्रमको लागि उक्त कम्पनीले ८ लाख डलर खर्च गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले दिए राजीनामा, निर्वाचन अनिश्चित

Bipul pokharel fnj

काठमाडौं । समयमै निर्वाचन गर्न असफल बनेपछि नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलल...