एकैदिन कोरोनाबाट अमेरिका भन्दा भारतमा २ गुणा बढीको मृत्यु

Corona 13 e1590631748141

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण अमेरिकामा भन्दा भारतमा दुई गुणा बढी मानिसको मृत्यु भएको छ । एक दिनमा कोरोना संक्रमणको कारण भारतमा आठ सय ४६ जनाको मृत्यु भएको छ । यस अवधिमा भारतमा ६१ हजार सात सय ४९ जनामा संक्रमण पुष्टि भएको छ ।

अमेरिकामा भने पछिल्लो २४ घण्टामा चार सय ३० जनाको मृत्यु भएको छ भने ३२ हजार सात सय १८ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ब्राजिलमा पछिल्लो २४ घण्टामा झण्डै पाँच सयले ज्यान गुमाएका छन् भने २३ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ ।

यस अवधिमा विश्वभर कोरोना संक्रमणको कारण चार हजार दुई सय ३५ जनाले ज्यान गुमाएका वल्डओमिटरमा उल्लेख छ । दुई लाख ६ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...