यस्तो पनि ! अम्बिका माझीको घरमा पालेको कुखुराले चल्ला जन्माएपछि...

Hen with child 22

काठमाडौं । पहिले कुखुरा कि अण्डा भन्ने प्रश्न संसारभर चर्चामा छ । यसको उत्तर पत्ता लगाउन गाह्रो पर्छ । तर भारतको ओडिशामा एक कुखुराले अण्डाको सट्टा चल्लाको जन्म दिएको छ । गाउँले आश्चर्यमा परेर हेर्नका लागि भिडभाडसहित उपस्थित भएका छन् ।

ओडिशाको नुआपाण्डा जिल्लाको इच्छापुर गाउँकी अम्बिका माझीको घरमा पालेको कुखुराले चल्लाको जन्म दिएको हो । चल्ला जन्मिएको १० मिनेटमा मरेको थियो । कुखुराले ९ वटा अण्डा पारेको थियो । १० औँ अण्डा पार्ने समयमा कुखुरालाई धेरै गाह्रो भयो ।

अण्डा पार्ने ठाउँबाट बाहिर निस्किएर कुखुराले सिधै चल्ला जन्मायो । चल्ला जन्मिएको ठाउँमा अण्डाको कुनै पनि भाग फेला परेन । सिधैँ चल्ला जन्मिएपछि गाउँमा हल्ला भयो ।

स्थानीय पशु चिकित्सा अधिकारी डा. त्रिलोचन ढलले आफूले जीवनमा यस्तो अनौठो घटना कहिल्यै नसुनेको बताए । उनले कुखुराको पेटभित्र नै अण्डा प्रजनन योग्य भएर चल्ला जन्मिएको बताए । सामान्य अवस्थामा अण्डा काढेको समयपछि २१ दिनसम्म कुखुराले कोरलेपछि मात्र चल्ला निस्किन्छन् ।

यस्तो अनौठो घटना यसअघि सन् २०१८ मा भारतको केरलमा र सन् २०१२ मा श्रीलंकामा पनि भएको थियो । यी दुई घटनामा पनि चल्ला जन्मिएपछि मरेको थियो । एजेन्सी

प्रतिकृया दिनुहोस