आयो माक्स लगाएर यौन सम्पर्क गर्न मिल्ने नयाँ ‘गाइडलाइन’

Poorna corona

काठमाडौं । कोरोना लागेका व्यक्तिलाई छुन त हुन्न नै, कोरोना संक्रमितले छोएको ठाउँ छोएसम्म पनि कोरोना सर्छ भन्छि । तर, स्वास्थ्य अधिकारीहरुले भने माक्स लगाएर यौन सम्पर्क गर्न सकिने अचम्मको तर्क अघि सारेका छन् ।

अमेरिकाको न्युयोर्कमा कोरोना महामारीको अवधिमा यौन सम्पर्क गर्दा मास्क लगाउनुपर्ने भन्दै आफ्नो ‘गाइडलाइन’ अपडेट गरेको छ ।

न्युयोर्कका स्वास्थ्य अधिकारीहरुले यसअघि सबैलाई सेक्स पार्टनरसँग सुरक्षित रहने बताएका थिए । पछिल्लो समय गाइडलाइन अपडेट गर्दै टाढा रहेका जोडीहरुलाई लामो समयपछि भेट्ने क्रममा मास्क लगाएर मात्रै यौन सम्पर्क गर्न सुझाव दिएका हुन् ।

यौन सम्पर्कको अवधिमा कोरोना भाइरस सर्नसक्ने भन्दै सचेत गराउन यस्तो सुझाव दिइएको बताइन्छ । ‘अनुहार छोप्ने मास्क लगाउनू, यौन सम्पर्कको अवधिमा नाक, मुख छोप्नु वा मास्क लगाउनु उचित हुन्छ । यद्यपि यो तपाईँको व्यक्तिगत कुरा हो,’ गाइडलाइनमा उल्लेख छ ।

यौन सम्पर्कको अवधिमा लामो स्वास फेर्दा वा अंकमाल गर्दा कोरोना भाइरस सर्नसक्ने भन्दै न्युयोर्कका स्वास्थ्यकर्मीहरुले गाइडलाइनमार्फत सुझाव दिएका हुन् । यस्तै महामारीका बेला यौन सम्पर्कको बेला यौन सम्पर्कमा पनि सिर्जनात्मक हुन गाइडलाइनले सुझाव दिएको छ ।

गत महिना इंग्ल्याण्डमा रात काट्ने गरी बाहिर जानु र अरुसँग यौन सम्पर्क गर्न नपाइने भन्दै कानून नै लागु गरेको थियो । यसअघि अमेरिकाको न्युयोर्क टाइम्सको एक रिपोर्ट अनुसार यौन सम्पर्कको क्रममा कोरोना भाइरस सर्दैन । तर चुम्बन गर्दा सर्न सक्ने तथ्य पुष्टि भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...