कसले लाउँछ यति लामो जुत्ता ? कोरोनाबाट जोगाउला त ?....(फोटो फिचर)

Romania shoes

काठमाडौं । नेपालसहित संसारका धेरै देशमा अहिले लकडाउन चलिरहेको छ । लकडाउनसँगै संसारभर सामाजिक दूरी पालनामा स्वास्थ्य विज्ञहरुले जोड दिँदै आएका छन् । कोरोना भाइरसको कहरबाट मुक्ति पाउनका लागि विभिन्न उपायको अवलम्वन हुँदै आएको छ ।

रोयटर्सका अनुसार रोमानियामा झण्डै दुई महिनाको लकडाउनकै बीच जुत्ता कम्पनीका प्रमुखले सामाजिक दूरी कायम गर्ने खालको जुत्ता बनाउने योजना बनाए । ग्रिगोर लुप नामका ती व्यक्तिले सामाजिक दूरी कायम गर्ने नियमलाई पालना गराउनका लागि विशेष खालको जुत्ताको आवश्यकता महसुस भएर जुत्ता बनाउन थालेको बताए ।

ग्रिगोरले सामाजिक दूरी कायम गर्ने खालका लामा लामा जुत्ता बनाउन थाले । छालाका ती जुत्ता अहिले संसारभर भाइरल बनेका छन् । ती व्यक्तिले झण्डै ४ दशकदेखि जुत्ता बनाउने काम गरिरहेका छन् । अहिले यी लामा जुत्ता बिक्री वितरण भइरहेको छ । यो जुत्ता लगाउने बीचमा झण्डै डेढ मिटर दूरी कायम रहने उनले बताएका छन् ।

अहिले जुत्ताका लागि अर्डर आउन थालेको छ । छालाका जुत्ता भएकाले महंगो पर्ने उनको भनाइ छ । जुत्ता बनाउन एक वर्ग मिटर छाला आवश्यक पर्ने उनले जानकारी दिए । दुवै जना व्यक्तिले लामा जुत्ता लगाएमा भने दूरीको पूर्ण पालना हुने उनको विश्वास छ ।

एजेन्सी

प्रतिकृया दिनुहोस