दर्जनौं मयूरहरु सडकमा नाच्दा सकडै जाम !

Mayur

काठमाडौं । कोरोना भाइरसका कारण भएको लकडाउनको सकारात्मक प्रभाव पर्यावरणमा परेको छ । मानिसहरुले जति नै दुःख पाए पनि प्राकृतिक वातावरणमा भने धेरै नै सुधार आएको छ । विगतका वर्षहरुका तुलनामा यसवर्ष वातावरणमा धेरै नै सुधार भएको हो ।

वातावरण सुधारको असर पृथ्वीमा रहेका मानिसमा त परेको छ नै मानिस बाहेकका प्राणीहरुमा पनि परेको देखिन्छ । वातावरण प्रदुषणमा कमीका कारण जंगली जनावरहरु सडकमा आउने घटना सामान्य हुन थालेका छन् ।

यसैबीच सामाजिक सञ्जालमा भारतको राजस्थानमा एक ट्राफिक जामको भिडियो भाइरल भएको छ । भारतीय वन्य सेवाका कर्मचारी प्रवीण कासवानले गरेका हुन् । भिडियोमा सडकमा दर्जनौं मयूरहरुले आवागमन नै ठप्प पारिदिएका छन् ।

उनले यो भिडियो आफ्नो कारमा बसेर खिचेका हुन् । उनका कार देखेर मयूर बाटो छोडिदिन्छन् । यसै अवसरमा एक मयूर आफ्नो पँखेटा फिँजाएर नाच्न थाल्छ ।

यो अति नै मनोरम दृष्य भएको कासवान बताउँछन् । उनी भिडियो सेयर गर्दे लेख्छन्, ‘राष्ट्रिय पंक्षीद्वारा अतभूत यातायात जाम ।’ भारतमा मयूरलाई राष्ट्रिय पंक्षी मानिन्छ ।

यो भिडियो राजस्थानमा खिचिएको बताइएको छ । अहिलेसम्म यसलाई लाखौंले हेरिसकेका छन् । पर्यावरणमा सुधार आएपछि जंगली जनावर, पशुपंक्षीहरुलाई सबैभन्दा फाइदा भएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...