तीन डलर रकम बोकेर जब ५ वर्षे बालक सडकमा निस्किए....

5 yearko balak

एजेन्सी । अमेरिकामा पाँच वर्षका एक बालकले आफैँले गाडी चलाएर अर्को गाडी किन्न निस्किएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आमासँग रिसाएका यी बालकले आफैँले गाडी चलाएर अर्को नयाँ गाडी किन्नका लागि हिँडेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । उनको खल्तीमा जम्मा तीन डलर रकम फेला परेको छ ।

पाँचवर्षका उमेरका एड्रअन नामका बालकले पाँच वर्षकै उमेरमा गाडी चलाएर सडकमा निस्किएका थिए । ५० किलोमिटर प्रतिघन्टाको गतिमा गुडिरहेको गाडीले सडक अनुशासन पालना नगरेको देखेपछि प्रहरीले पिछा गरेको थियो । प्रहरीले गाडी रोक्न संकेत गरेपछि ती बालकले गाडी रोके । प्रहरीले पाँच वर्षका बालकले गाडी चलाएको पाएपछि आश्चर्य हुँदै उनलाई नियन्त्रणमा लिएको बिबिसीले जनाएको छ ।

बालकले आफूले महंगो ब्राण्डको ल्याम्बोर्गीनी गाडी किन्न हिँडेको बताए। ती बालकका अनुसार आफूले कम्तीमा एक लाख ८० हजार डलर पर्ने गाडी किनिदिन गरेको अनुरोध आमाले नमानेपछि रिसाएर उनी घर छोडेर हिँडेका थिए ।

आमाले गाडी किन्न नमानेपछि उनी छिमेकी राज्य क्यालिफोर्नियातर्फ हिँडेका थिए । उनीसँग गाडी किन्नका लागि आवश्यक रकम भने थिएन । उनको साथमा जम्मा तीन डलरमात्र फेला परेको छ । पाउदानसम्म खुट्टा नपुगेपछि बालकले सिटको छेउमा बसेका थिए ।

पुलिसले अभिभावकलाई कारबाहीका लागि मुद्दा चलाउने वा नचलाउने निर्णयमा पुगिनसकेको जनाएको छ । घटनाको समयमा बालकका आमा बाबु दुवैजना काममा रहेको पाइएको छ । बालक दाजुको निगरानीमा रहेका थिए । घटनापछि प्रहरीले बालबालिकाले फेला पार्ने ठाउँमा साँचो नराख्न आग्रह गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...