पुरुषको लिंग १० सेकेन्डमै किन उत्तेजित हुन्छ ?

Ling 1

काठमाडौं । यौन सम्पर्कका लागि वयस्क मानिस तयार रहनु कुनै नौलो होइन । किनकी यो प्राकृतिक कुरा पनि हो । यौनसम्पर्क गर्दा कामकाजले सिर्जना गरेको तनाव कम हुनुका साथै टाउकाको पीडा पनि निको हुन्छ । जुन कुरा मानिसले याद गरिरहेका हुँदैनन् ।

भन्नेहरु भन्छन्, सेक्स नै जीवन हो, सेक्स नै संसार हो । मानव जीवन र सृष्टिका लागि पनि सेक्स अनिवार्य छ । कतिपय मानिसमा सेक्सको अत्याधिक चाहना हुन्छ ।

महिलाहरू ४५ वर्षको उमेरसम्म औसत ३ हजार पटक यौनसम्पर्क राख्छन्  । ४० वर्षको उमेरसम्मका पुरुषहरूको लिंग केवल १० सेकेन्डमै उत्तेजित हुन्छ ।

महिलाहरुले पुरुषको लिंगको आकारका बारेमा के सोच्छन् ? महिलालाई सानो वा ठूलो कस्तो लिंग मन पर्छ ? अधिकांस पुरुषहरुलाई यस्को जबाफको खोजिमा रहेका हुन्छन् । तर एक अध्ययनले महिलाहरुलाई पुरुषको लिंगको आकारले कुनै फरक नपर्ने देखाएको छ ।

महिलाहरु पुरुषको लिंगको आकार भन्दा व्यक्तित्वमा बढी आकर्षित हुने गरेको एक अध्ययनले देखाएको हो ।

झण्डै २५ प्रतिशत पुरुष जुनसुकै समयमा पनि यौनसम्पर्क कै बारेमा सोचिरहेका हुन्छन् । पुरुषको लिंगबाट प्रवाहित हुने वीर्यको गति ३६ दशमलब ९ किलोमिटर प्रतिघण्टा हुन्छ, जुन युसेन बोल्टले १ सय मिटरको दूरीमा कायम गरेको विश्व कीर्तिमान बराबर मानिन्छ ।

एक वयस्क पुरुषको अण्डकोशमा यतिधेरै शुक्राणु हुन्छन् कि त्यसलाई ४ सय ४ मिटरसम्म विस्तार दिन सकिन्छ । यौनसम्पर्क गर्दा पुरुषको दाह्री अरु अवस्थाको तुलनामा बढी तीव्र गतिले बढ्छ ।

एकपटकको यौन सम्पर्कमा पुरुषले लगभग १ सय क्यालोरी ऊर्जा खपत गर्छ । यौन क्रियाको चरम अवस्थामा स्त्री–पुरुष दुवैको हृदयको धड्कन १ सय ४० प्रति मिनेटसम्म पुग्छ ।

यौन सम्पर्कका बेला पुरुषलाई महिलाको तुलनामा बढी पसिना आउँछ । किनभने महिलाको शारीरिक संरचनामा शरीरबाट निस्कने पसिनालाई नियन्त्रित गर्ने क्षमता हुन्छ ।

झण्डै ३० प्रतिशत पुरुषमा शीघ्र पतनको समस्या हुन्छ भने ७५ प्रतिशत पुरुषले यौन सम्पर्क गर्दा ३ मिनेटभित्रै वीर्य स्खलन गर्छन् । झण्डै ८३ प्रतिशत महिला आफ्ना पुरुष साथीको लिंगको आकारबाट पूर्णतया सन्तुष्ट हुन्छन् ।

संसारमा सबैभन्दा बढी यौन सम्पर्क राख्ने दम्पति ग्रीसका मानिन्छन्, उनीहरू वार्षिक औसत १ सय ३८ पटक यौनसम्पर्क राख्छन् । त्यसैगरी सबैभन्दा कम यौन सम्पर्क राख्ने दम्पति जापानी हुन्छन्, उनीहरू एक वर्षमा औसत ४५ पटकमात्र यौन सम्पर्क राख्छन् ।

यौनसम्पर्कका बेला महिलाहरूको स्तन र योनीका अतिरिक्त नाकको भित्री भाग पनि फुलेर आउँछ । धेरै रक्सी पिउने पुरुषलाई महिलाहरूले सबैभन्दा पहिले अस्वीकार गर्छन् ।

एउटा सानो क्याफ्सुलमा यति धेरै शुक्राणु राख्न सकिन्छ कि ती शुत्राणुको सहयोगले अहिले पृथ्वीमा रहेको मानिसको जनसंख्याभन्दा बढी जनसंख्या बनाउन सकिन्छ । ब्राजिलका युवायुवतीहरू अन्य कुनै पनि देशका युवायुवतीको तुलनामा सबैभन्दा छिटो आफ्नो कौमार्य गुमाउँछन् । संसारभर प्रत्येक दिन लगभग १ अर्ब मानिस यौन सम्पर्कमा संलग्न हुन्छन् । एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...