कसले सक्छ ११२ पटकसम्म यौन सम्पर्क गर्न ?

Sex 14

काठमाडौं । अधिकांस मानिसको मनमा कति पटकसम्म यौन सम्बन्ध राख्न मिल्छ ? धेरै पटक यौन सम्पर्क गरे के कस्तो असर गर्ला ? आदी प्रश्न उठ्ने गर्छ । जुन स्वभाविक पनि हो । यो सामान्यतया सोधिने प्रश्न होईन तर उमेर पुगेका व्यक्तिहरुले जान्न जरुरी भने अवश्य छ ।

यौनसम्पर्क मानिसको रुची र क्षमतामा भर पर्छ । एक अध्ययनले मानिसले कति पटकसम्म सेक्स गर्नुपर्छ भनेर निकालेको केही निश्कर्षको बारेमा यहाँ चर्चा गरिँदैछ । किन्जी इन्स्टिच्यूट अफ रिसर्च इन सेक्स, रिप्रोक्डशन एन्ड जेन्डरले वर्षभरिमा कति पटक सेक्स गर्नु उपयुक्त हुन्छ भनेर एक अध्ययन गरेको थियो जसको परिणाम निकै रोचक छ ।

पहिलो पटक यौनसम्बन्ध राख्ने उमेर कुन हो ? यसबारे किशोरावस्थामा संसारभरि सबैमा उत्सुकता र अन्योल छ । नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन । पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन ।

अध्ययनमा १८ देखि २९ वर्षसम्म मानिसले वर्षमा औसत ११२ पटकसम्म यौन सम्पर्क राख्छन् । ३० देखि ३९ वर्ष उमेर समूहका मानिसले वर्षमा औसत ८६ पटक सेक्स गर्ने गरेको पाइयो भने ४० देखि ४९ वर्ष उमेर समूहका मानिसले वर्षमा ६९ पटक सेक्स गरेको पाइयो ।

विवाह पछिको नतिजा अचम्मको कुरा यो थियो की १३ प्रतिशत नवविवाहिता जोडी यस्ता थिए, जसले वर्षभरि मै सेक्स गर्न कम गरिसकेका थिए । ४५ प्रतिशत दम्पतीले महिनामा कहिलेकाही मात्रै सेक्स गर्ने गरेका थिए । ३४ प्रतिशत मानिसले सातामा दुईदेखि तीन पटकसम्म सेक्स गरेको स्विकारे । सात प्रतिशतले सातामा चारदेखि पाँच पटकसम्म सेक्स गर्न रुचाउँथे ।

विवाहपछि सेक्सको ‘फ्रिक्वेन्सी’ कम हुनुको कारण जिम्मेवारी बढ्नु पनि हो । जस्तैः हेक्टिक वर्क सेड्युल, घरको काम आदि । याक्सपर्टसका अनुसार उमेर बढ्नुको साथै मानिसमा रोगले पनि आक्रमण गर्न थाल्छ, जसले सेक्सप्रतिको इच्छा कम हुँदै जान्छ । एजेन्सी

 

प्रतिकृया दिनुहोस