यी मजदुर, जसले भोक पचाउन खाए घाँस (भिडियोसहित)

Grass 1

काठमाडौं । लकडाउनको समयमा अहिले सामाजिक सञ्जालमा भारतको एक भिडियो भाइरल बनेको छ । भिडियोमा एक मजदुरले थालीमा घाँस राखेर खाएको देख्न सकिन्छ । भाइरल भएको यो भिडियो पाँच मिनेटको छ ।

यस भिडियोमा यी व्यक्तिले कसरी घाँस चबाउँछन् र नजिकै राखेको पानीको बोतलबाट पानी पिउँछन् भन्ने देख्न सकिन्छ । त्यसपछि ती व्यक्ति त्यहीँ सुत्छन् । त्यही भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

भारतको बिएसएनएलमा कार्यरत सुरक्षाकर्मीले तलब नआएपछि बाध्यतामा घाँस खाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यी व्यक्तिको नाम संजीव हो । पञ्जाबका स्थायी बासिन्दा उनी गुरुग्राममा बिएसएनएल कम्पनीमा सुरक्षा गार्डकोरुपमा काम गर्थे । कम्पनीले दुईमहिनासम्म पनि तलब नदिएपछि उनले समस्यामा परेर यस्तो कदम चालेका हुन् ।

बिएसएनएल कम्पनीमा काम गर्ने यीनका साथीहरु देशराज, प्रवीण, रामसिंहलगायतले पनि आफूहरु निक्कै समस्यामा परेको बताएका छन् । उनीहरुले कम्पनीलाई दबाब दिनका लागि सल्लाह गरेरै यस्तो कदम उठाएको बताए । त्यहाँ कार्यरत सुरक्षा गार्डले बजारमा पालैपालो मागेर खाइरहेको बताएका छन् । एजेन्सी

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...