२८ वर्षकै उमेरमा १३० जनासँग सेक्स !

Confesiuni dependenta

काठमाडौैं । एक २८ वर्षीया महिलाले अन्तर्वार्ताका क्रममा आफूले १३० जनासँग यौन सम्बन्ध राखिसकेको खुलासा गरेकी छन् । तर उनले यति धेरै पुरूषहरूसँग शारीरिक सम्बन्ध राखेका कारण मानसिक र शारीरिक रूपमा समेत क्षति भोग्नुपरेको बताएकी छन् ।

बेलायतकी २८ वर्षीया फ्रेंकी कोन्सिडिनले ‘आज म कोसँग शारीरिक सम्बन्ध राख्दै छु भन्ने निश्चित भए मात्रै पनि आफ्नो मस्तिष्कले सामान्य रूपमा काम गर्ने गरेको’ बताएकी हुन् ।

वास्तवमा उनी गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेकी छन् । जुन रोग लागेकाहरूमा ‘सेक्स एडिक्सन’ का कारण पुरूषलाई जोडेर हेर्ने गर्छन् भने महिला पनि यस्तो रोगको शिकार बन्छन् । चिकित्सकहरूले ‘सेक्स एडिक्सन’ लाई ‘मेन्टल हेल्थ डिसअर्डर’ का रूपमा मान्यता दिएका छन् ।

फ्रेंकी यही रोगबाट पीडित छन् । टाइगर वुड्स, रसेल ब्रैंडजस्ता सेलिब्रेटीसमेत सेक्स एडिक्सनको शिकार भइरहेका छन् । सेक्स एडिक्सनको समस्याबाट पीडित मानिसहरूमा अन्य समस्याहरूसमेत हुन्छन् ।

फ्रेंकी यसका कारण डिप्रेसनजस्ता समस्यामा परिसकेकी छन् । बेलायतको रोयल कलेज अफ साइक्याट्रिक्सका अनुसार बेलायतका ४ प्रतिशत मानिसहरू सेक्स एडिक्ट रहेका छन् । जसमा महिलाको संख्या एकचौथाइ रहेको छ ।

यो के कारणले हुन्छ भन्ने अहिलेसम्म पत्ता लागेको छैन । फ्रेंकीका अनुसार उनका अभिभावकको दुःख सम्बन्ध विच्छेद पनि यसको कारण हुन सक्छ ।

उनी १३ वर्षको हुँदा बाबुआमाबीच सम्बन्ध विच्छेद भएको थियो । त्यसपछि क्यान्सरका कारण उनकी आमाको निधन भएको थियो । एजेन्सी

प्रतिकृया दिनुहोस