नग्न महिलाले लकडाउन तोड्न पुलिसको कारमा चढेपछि ...(भिडियोसहित)

Spain women

काठमाडौं । स्पेनकी एक महिला, जसले लकडाउनको समयमा आफ्नो हर्कत देखाएकी छन्, जुन हर्कतले हंगामा नै मञ्चिएको छ । थपडी बजाउनका लागि लकडाउन तोडेर सडकमा निस्किएकी महिलालाई पुलिसले अदालत लगेको थियो ।

स्पेनमा लकडाउनलाई पूर्ण पालना गराउन कठोर कदम चालिएको छ । कसैलाई पनि बाहिर निस्किने अनुमति छैन । तर ४१ वर्षीया एक महिलाले लकडाउनले हैरान भएर घर बाहिर निस्किने निर्णय गरिन् ।

लकडाउन उल्लंघन गरेकी महिलालाई पुलिसले पक्राउ गरेको थियो । उनले टोरेमोलिनोस क्षेत्रको अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीको सम्मानमा लकडाउन तोडेर थपडी बजाएकी थिइन् ।

थपडी बजाउने क्रममा लकडाउन तोडेको भन्दै पुलिसले उनलाई अदालतमा उपस्थित गरायो । अदालतले उनलाई जमानतमा रिहा गर्ने आदेश दियो । अदालत बाहिर आएपछि महिलाले आफ्नो शरीरका सबै कपडा उतारेर हंगामा गरिन् ।

नग्न महिला पुलिसको कारमा चढेर प्रशासनको ज्यादतीको बिरोध गरिन् । पुलिसले उनलाई घेरेर फेरि पक्राउ गर्यो । कपडा लगाउनका लागि गरिएको आग्रहलाई उनले अस्वीकार गरिन् । पुलिसले उनलाई बल प्रयोग गरेर कपडामा लपेट्यो र एम्बुलेन्समा राखेर घर पठायो ।

यी महिलाले गरेको हंगामा अहिले भाइरल बनेको छ । स्पेनमा झण्डै १९ हजारको मृत्यु भइसकेको छ । १ लाख ८० हजार संक्रमित भएका छन् ।

Video

प्रतिकृया दिनुहोस