महिलाले सच्याउनैपर्ने यी ५ गुण, जुन नसच्याए...

Hindu woman

काठमाडौं । भनिन्छ नारी बत्तिस लक्षणयुक्त हुन् । तर, सबै बत्तिसलक्षणयुक्त हुँदैनन् र सम्भव पनि हुँदैन । राम्रो स्वभाव भएका स्त्री भयो भने पतिको जिबन एकदम राम्रो हुन्छ । अनि त्यसै गरि राम्रो स्वभाव भएको पति भयो भने पनि स्त्रीको जीवन उत्तम हुन्छ । दुवैको स्वभाव मिलेन भने नर्क समान हुन्छ । 
महिलाहरुमा पाइने ५ नराम्रा स्वभावबारे जान्न जरुरी छ । यहाँ स्त्रीहरुको ५ स्वभावको बारेमा उल्लेख गरिएको छ ।

१. पतिलाई आफ्नो मात्रै ठान्ने  ः पति आफ्नो मात्रै हो वा उसको अरुसँग कुनै सम्बन्ध छैन भन्ने महिलाले हरेक पुरुषको जीवनलाई संकटमा पारिरहेका हुन्छन् । यस प्रकारको स्वार्थी सोंच राख्ने महिलाले पुरुषको सार्वजनिक जीवन ध्वस्त पारिदिन्छन् । फलस्वरुपः हरेक पुरुष आफ्ना बाबु आमा, इष्टमित्र, साथीभाई तथा सहकर्मीबाट टाढा हुन बाध्य हुन्छन‍् ।

२, नमिठो वचन बोल्ने : वचनको वाण निकै घातक हुने गर्दछ । चर्को र कर्कस स्वरले सम्बन्धमा दरार पैदा गर्न भूमिका खेलिरहेको हुन्छ । जीवनका हरेक पलहरु निकै आघातपूर्ण हुने गर्दछन् । तर यसको ठीक विपरित, मीठो र भद्र वचन बोल्ने महिला जीवनसाथी बनेमा एउटा पुरुषको जीवन अमृतमय बन्छ ।

३, पैसालाई मात्र महत्व दिने :  आफ्नो श्रीमानले सधैं पैसा मात्रै कमाओस् भन्ने सोंच भएका महिलाहरुले हरेक पुरुषलाई पैसा कमाउने मेशिनबाहेक अरु केही ठान्दैनन् । दाम्पत्य जीवनमा पैसाले प्रेम, समर्पण र बफादारिताको ठाँउ लिएपछि आत्मीयता भन्ने कुरा हराउँछ। पैसाप्रति मात्रै आशक्ति राख्ने आफ्नो पतिको मात्रै होइन आफ्नै जीवन पनि निकै निरस बनाउँछन् ।

४, कचकचे र रुञ्चे : सामान्य कुरामा पनि किचकिच गर्ने र रुञ्चे स्वभावका महिलाले पनि पुरुषको जीवनलाई नराम्रो असर पारिरहेका हुन्छन् । दिनहुँको गनगन कचकच र गुनासोले पुरुषको मनोबल गिर्दै जान्छ । यस प्रकारको स्वभाव भएका महिलाले पुरुषलाई हौसला दिनुको साटो उसको जीवनलाई निराश र कुण्ठाग्रस्त बनाउँछन् ।

५, हस्तक्षेपकारी स्वभाव : कुनै–कुनै महिलाले पुरुषले गरेका हरेक काममा हस्तक्षेप गर्न मन पराउँछन् । यसरी हस्तक्षेप गर्दा आफूले जितेको महसुस गर्दछन् । तर यस्तो कार्यले पुरुषको जीवनको स्वतन्त्रता तथा निजत्व समाप्त हुन्छ भन्ने उनीहरुलाई अलिकति पनि ख्याल हुँदैन । अनि स्वतन्त्रता विनाको जीवन निरस हुने नै भयो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...