अनुपम कृति ‘ऋतम्भरा’ महाकाव्यको पाण्डुलिपी तयार पारेर अस्ताए राष्ट्रकवि घिमिरे

Madhavprasad ghimire

काठमाडौं ।

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे
तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको
माटो र पानी पहिलो धन धर्तीका छोराको ।

उनी पछिल्लो समय अस्वस्थ्य थिए । नेपाली साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो ।

नेपाली जनमनमा लोकप्रिय कविवर माधवप्रसाद घिमिरेको भौतिक शरीर अब रहेन । वर्तमान आधूनिक कविता, विशेषतः छन्कवितार गीति लेखनमा सर्वाधिक शिखरमा पुगेका राष्ट्रकवि घिमिरेको मंगलबार साँझ लैनचौरस्थित निवासमा १०२ वर्ष टेक्नै लाग्दा निधन भएको छ ।

उनी आउँदो असोज ७ गते १०२ वर्ष पुग्दै थिए । यो वर्ष पनि उनको जन्मोत्सव भव्य मनाउने तयारी हुँदै थियो । उनले आफ्नो जीवनकालमा कविवर घिमिरेका छोरी मञ्जु अधिकारीले उनी उमेरगत कारणले पछिल्ला दिनमा सामान्य अवस्थ्य भएको थियो भने आफ्नो जीवनको अर्को अनुपम कृति ‘ऋतम्भरा’ महाकाव्यलाई प्रकाशनको तयारीमा रहेका थिए ।

छोरी अधिकारीका अनुसार उक्त महाकाव्यलाई उनले लगभग पूरा गरेका थिए । तर छन्द मर्मज्ञ र परिष्कारवादी कवि भएकाले पटकपटक आफैले परिष्कार गरेपछि मात्रै प्रेसमा दिने स्वभावका हुने भएकाले प्रकाशन हुन पाएको थिएन ।

मंगलबार साँझ निधन भएका राष्ट्रकवि माधवप्रसाद घिमिरेले जीवनको उत्तरार्धमा महाकाव्य लेखिरहेका थिए–ऋतम्भरा । राष्ट्रकवि बरोबर भनिरहन्थे– यो महाकाव्य नसिध्याई म जाँदिन ।  त्यसैले पनि राष्ट्रकविको निधनलगत्तैको यो स्वभाविक जिज्ञासा थियो– के राष्ट्रकविको ‘ऋतम्भरा’ सकियो त ?

‘उहाँको तर्फबाट लेखन सकिएको थियो, हामीले सुगठित गरेर प्रकाशन गर्न मात्र बाँकी थियो’, अधिकारीले भनिन्, ‘उहाँ रहनुभएको भए, केही थप पनि गर्न सक्नुहुन्थ्यो होला, तर अब त्यो सम्भावना रहेन ।’

घिमिरेको जेठी श्रीमती गौरीको विसं २००४ मा निधनपछि उनले रचेको ‘गौरी’ शोककाव्य र अन्य दर्जनौँ काव्य, गीतिनाटक, कथा, यात्रा संस्मरण र अनुवाद विधामा उनका कृतिहरू लोकप्रिय मानिन्छन् । राष्ट्रकवि घिमिरेलाई नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटापछिका सर्वाधिक लोकप्रिय स्रष्टा मानिन्छ ।

उनका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता संग्रह प्रकाशित छन् । स्वच्छन्दतावादी र परिष्कारवादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपाली’ जस्ता कैयौँ राष्ट्रिय भावका गीत र कविताहरू जनजिब्रोमा झुण्डिएका पाइन्छन् । उनका श्रीमती, दुई छोरा र ६ छोरी छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...