धुर्मुस सुन्तलीको ‘मत मर्छु कि क्या हो’ सार्वजनिक

Dhurmus

काठमाडौं । लोकप्रिय कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले निर्माण गरेको वेव फिल्म ‘मत मर्छु कि क्या हो’ युट्युवमा सार्वजनिक गरिएको छ ।

कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो फिल्म ओटिटी प्लेटफर्म ‘ओहो मुभिज’मा राखिएको थियो । फिल्ममा उनीहरुलाई धुर्मुस र सुन्तलीकै भूमिकामा देखिएका छन् ।

फिल्ममा धुर्मुस् र सुन्तलीसँगै रबि गिरी, बुद्धि तामाङ, बिजय बराल, पल्पसा डंगोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशिला थापाको अभिनय रहेको छ । यसमा लेखन तथा निर्देशन धुर्मुस र सुन्तली दुबैले गरेका छन् । सुदिप बरालको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

धुर्मुसले भनेका छन्, ‘यसलाई हामीले वेव फिल्म भनेका छौं । ठुलो पर्दाको चलचित्र भने होइन ।’ उनका अनुसार आगामी दिनमा पनि दर्शकको रोजाई अनुरुपमा फिल्म निर्माण गर्नेछन् ।

Video

प्रतिकृया दिनुहोस