निर्देशक आग्री ‘सुपक राष्ट्रिय सम्मान २०८०’ बाट भए सम्मानित

Gb aagri

काठमाडौं । लामो समयदेखि चलचित्र क्षेत्रमा निर्देशकको भुमिका निर्वाह गर्दै आएका जिवी आग्री सम्मानित भएका छ्न् ।

झण्डै डेढ दशकदेखि चलचित्र तथा म्युजिक भिडियोको निर्देशन गर्दै आएका निर्देशक आग्री सुदुरपश्चिमाञ्चल कला प्रतिष्ठानद्वारा प्रदान गरिएको ‘सुपक राष्ट्रिय सम्मान २०८०’ बाट सम्मानित भएका हुन् ।

निर्देशक आग्रीले ऐतिहासिक कथानक भिडियो ‘हजुर मुसुक्कै’ निर्माण तथा निर्देशन गरिसकेका छ्न् । यसमा महानायक राजेश हमाल र निरुता सिंहले अभिनय गरेका थिए ।

आफ्नै कम्पनी रागभिजन मल्टिमुभिज प्रा।ली। खोलेर सक्रिय रुपमा चलचित्र र म्युजिक भिडियो निर्माण गरीरहेका आग्रीले ठूलो पर्दाको नेपाली चलचित्र फुटपाथ, शर्ट फिल्म, जनचेतनामूलक नाटक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इभेन्ट अर्गनाइज, म्यानेजमेन्ट डकुमेन्ट्री निर्माण देखी सयौं म्युजिक भिडियो निर्माण तथा निर्देशन गरिसकेका छन् ।

उनी नेपाल चलचित्र निर्माता संघ र म्युजिक भिडियो निर्देशक समाजका सदस्य पनि हुन् । उनी यसअघि ‘बक्स अफिस म्युजिक भिडियो अवार्ड २०७९’ बाट सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक लगायतका अवार्डबाट यसअघि सम्मानित भइसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...