इलाम २ मा कांग्रेसका खड्का अगाडी अगाडी, पछ्याउँदै सुहाङ नेम्वाङ

Ilam booth

इलाम । इलाम २ शनिबार सम्पन्न उपनिर्वाचनमा मतगणताको पहिलो प्रारम्भिक नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसका डम्बर खड्काले सुरुवाती अग्रता लिएका छन् ।

खड्कालाई नेकपा एमालेका उम्‍मेदवार सुहाङ नेम्वाङले पछ्याइरहेका छन् । आइतबार बिहानको सर्वदलीय बैठकले पश्चिम इलामको फाकफोकथुम गाउँ ४ हजार १ सय ८१ मत गणना हुँदा कांग्रेसका खड्काले १ हजार ६४३ र एमालेका नेम्वाङले १ हजार ६०१ मत पाएका छन् ।वडा नं १ र २ को मतगणनामा कांग्रेस उम्मेदवार खड्का ८० भन्दा बढी मतान्तरले अगाडि थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार लिम्बुले ३०८ र पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४३० मत पाएका छन् ।

गत स्थानीय निर्वाचनमा फाकफोकथुमको १ र २ वडामा कांग्रेसले जितेको थियो भने वडा नं ३ को वडाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित भएका थिए ।पालिकाको मत पत्र बाट गणना सुरु निर्णय भएको हो । फाकफोकथुम गाउँपालिकाको ७ वडामा ९ हजार ७ सय ४ मत खसेको छ ।

इलामको फाकफोकथुम गाउँपालिकाका विभिन्न वडाका मतगणना भइरहेको छ । शनिबार सम्पन्न निर्वाचनमा जम्मा ६९ हजार २८७ मत खसेको थियो । कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको यो क्षेत्रमा इलाम नगरपालिकाको ११ वटा वडाबाट २० हजार ६ सय ६५ मत खसेको थियो ।देउमाइ नगरको ९ वटामा १५ हजार ९ सय ८० मत खसेको थियो । माङ्सेबुङ र चुलाचुलीका ६/६ वटाबाट क्रमशः ७ हजार २ सय ६ र ११ हजार १ सय ९८ तथा माइ नगरको ३ वटावाट ४ हजार ६ सय ३४ मत खसेको थियो ।

शनिबार सम्पन्न निर्वाचनमा जम्मा ६९ हजार २ ८७ मत खसेको थियो । कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको यो क्षेत्रमा इलाम नगरपालिकाको ११ वटा वडावाट २० हजार ६ सय ६५ मत खसेको थियो ।

देउमाइ नगरको ९ वटामा १५ हजार ९ सय ८० मत खसेको थियो । माङ्सेबुङ र चुलाचुलीका ६र६ वटाबाट क्रमशः ७ हजार २ सय ६ र ११ हजार १ सय ९८ तथा माइ नगरको ३ वटावाट ४ हजार ६ सय ३४ मत खसेको थियो ।

प्रतिकृया दिनुहोस