इलाममा सुहाङले कटाए १० हजार, पहिचानवादी कांग्रेसलाई पछ्याउँदै

Ilam matadan

इलाम । उपनिर्वाचन अन्तर्गत इलाम २ को मतगणना जारी छ । जारी मतगणनाअनुसार नेकपा एमाले उम्मेदवार सुहाङ नेम्बाङको मत १० हजार नाघेको छ । निर्वाचन आयोगका अनुसार पछिल्लो मतपरिणामअनुसार सुहाङले १० हजार ३ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले ६ हजार ९ सय ४४ मत प्राप्त गरेका छन् । पहिचानवादी पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू ५ हजार ५ सय ९१ मतसहित तेस्रो स्थानमा रहेका छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बू १ हजार ४ सय ४३ मत ल्याएका छन् ।

इलाम -२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता थिए । जसमध्ये ६९ हजार २ सय ८७ मत खसेको थियो । जसमध्ये २४ हजार ७ सय ३८ मत गणना गरिएको छ । त्यस्तै एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई सय ५८ ल्याएका छन् ।

पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २७ मा हृदयाघातले निधन भएपछि यहाँ उपनिर्वाचन भएको थियो । एमालेले नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाएको थियो भने कांग्रेसबाट खड्का दोहोर्‍याएर उठेका थिए  । यहाँ १२ दल र ७ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्  ।

गत निर्वाचनमा नेम्वाङले कांग्रेसका खड्कालाई १ सय १४ मतको झिनो अन्तरले हराएका थिए  । गठबन्धनविहीन नेम्वाङले ३० हजार २० मत पाएका थिए भने प्रतिद्वन्द्वी माओवादी, एकीकृत समाजवादी सहितको गठबन्धनका कांग्रेस उम्मेदवार खड्काले १९ हजार ६ मत पाएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशीमा एमालेका हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्री दावी, सनाखत गराउने तयारी

Hikmat karki

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेक...