आयल निगम प्रमुख डा. भट्टलाई भारतमा भब्य स्वागत, सहयात्रा गर्ने प्रतिबद्वता

भ्रमण ऐतिहासिक भएको दावी

Bhatt news

काठमाडौं । नेपाल आयल निगमका नवनियुक्त कार्याकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टलाई भारतमा उच्च सम्मानसहित भब्य स्वागत गरिएको छ ।

भारतीय आयल कर्पोरेशनको निम्तोमा आयल निगमका कार्यकारी निर्देशक डा. भट्टसहितको चार सदस्यीय टोली गएको बुधबार भारत भ्रमणमा गएको हो।

भ्रमण उपलब्धिमुलक मात्रै नभई ऐतिहासिक समेत हुनपुगेको निगमले जनाएको छ । खुल्ला प्रतिस्पर्धाबाट छानिएका भट्टलाई सरकारले गएको चैतमा आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

भट्ट निगममा आउनसाथ अवरूद्व ठूला आयोजनाहरू कार्यान्वयनको दिशामा कम्मर कसेर अघि बढेका छन् ।

आफ्नो कार्यकालमा आयल निगमलाई नाफामा लगेर समयानुकुल प्रविधीमा रूपान्तरण गर्ने महत्वाकांक्षी योजना कार्यान्वयनको महाअभियानमा डा. भट्ट कम्मर कसेर लागेका हुन् ।

सहयात्रा गर्ने प्रतिबद्वता

नेपाल आयल निगमको काँचुली फेर्ने कार्यकारी निर्देशक भट्टको महाअभियानमा भारतीय आयल कर्पोरेशनले पूर्ण सहयोग गर्ने सङ्केत दिएको छ ।

अनुदानमा भारतीय आयल कर्पोरेशनले सिलिगुडी (झापा र अमलेखगञ्ज (चितवन पाईपलाईन निर्माण र झापामा सुविधा सम्पन्न ईन्धन भण्डारणगृह निर्माण गरिदिनुपर्ने डा. भट्टको प्रस्तावमा भारतीय पक्ष सकारात्मक रहेको नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताए ।

भारतीय अनुदानमा निर्माणाधिन अबस्थामा रहेको मोतिहारी (अमलेखगञ्ज ६९ किलो मिटर पाईपलाईन निर्माण अन्तिम चरणमा पुगेको छ । त्यस्तै, बिटुविन (अलकत्रा) नेपाल आयल निगमले आयात गरेर आधिकारिक रूपमा नेपालमा वितरण गर्न , पेट्रोलियम पदार्थमा ईथानोल मिसावटका लागि प्राविधिक सहयोग उपलब्ध गराउन पनि कार्यकारी निर्देशक भट्टको प्रस्ताव कार्यान्वयनमा सम्झौता गर्न पनि भारत तयार रहेको प्रवक्ता ठाकुरले जानकारी दिए ।

निगमका उपनिर्देशक समेत रहेका प्रवक्ता ठाकुरले भने (भारतिय आयल कर्पोरेशले हाम्रो कार्यकारी निर्देशकज्यूको प्रस्तावहरू स्वीकार गरेर तत्काल कार्यन्वयनमा जाने सङ्केत दिएको छ ।

त्यसैले भारत भ्रमण ऐतिहासिक रह्यो भन्ने निष्कर्ष नेपाल आयल निगमको छ । भारतीय आयल कर्पोरेशनको मुम्बईस्थित कार्यालयमा भएको औपचारिक भेटघाट तथा छलफलमा कार्यकारी निर्देशक भट्टले लिखित प्रस्ताव प्रस्तुत गरेकाथिए ।

भट्टको प्रस्तावलाई भारतीय आयल कर्पोरेशनले गम्भिर रूपमा लिएको बताउँदै भारतीय आयल कर्पोरेशनका केन्द्रीय वितरण प्रमुखले प्रस्तावहरू कार्यान्वयनमा तत्काल पहल अगाडी बढाउने प्रतिवद्वता जनाएका थिए । तीनदिने भारत भ्रमण सकेर आयल निगमको टोली गएको शनिवार स्वदेश फर्किएको थियो ।

प्रतिकृया दिनुहोस