प्रमोद खरेलको ‘मलाई बाँच्न सिकायौ’मा शिशिर र अनुजा

Pramod song

काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको ‘मलाई बाँच्न सिकायौ’ तिमीले बोलको गीतको भिडियो रिलिज भएको छ । गीतकार नमिता दवाडीको शब्द शृजना रहेको सार्वजपनक गीतमा हेमन्त शिशिरको संगीत तथा एरेन्ज रहेको छ ।

मिक्सिङ तथा मास्टरिङ पनि हेमन्तकै रहेको भिडियोले प्रेम, वियोग र त्यसपछि पुन प्राप्त भएको मायाको कथालाई देखाएको छ । एक प्रेमील जोडीले कहिल्यै नछुट्टीने वाचा कसम खाएको र मायामा उत्तारचढाव आएको दृश्यलाई निर्देशक मुनाल शिशिर कोइरालाले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

जसमा शिशिर भण्डारी र मोडल अनुजा सिंहको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन सुजन श्रेष्ठले गरेका हुन् भने सम्पादन विष्णु खड्काले गरेका हुन् ।

हाल न्युजल्याण्डमा रहेकी गोरखाकी गीतकार दवाडीका यसअघि ‘म मजदुर मायाको’, ‘भन को थियो’ परिचय, लगायतका गीतको भिडियो बजारमा आइसकेका छन् । उनको कविता संग्रह ‘जीवन नदीको किनारै किनार’ पनि प्रकाशित छ । सार्वजनिक गीत गीतकार दवाडीकै अफिसियल च्यानल नमिता दवाडी अफिसियलबाट बजारमा आएको हो ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...