ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु

सिन्धुली । ट्याक्टर दुर्घटना हुँदा दुई बालकको मृत्यु भएको छ । मरिण गाउँपालिका– २ मुंग्रेमा ट्याक्टर दुर्घटनामा  दुई बालकको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा मरिण गाउँपालिका( ४ मरुवा बस्ने वर्ष १३ का सुकमान जिम्वा र ३ वस्ने वर्ष १४ का सागर माझी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चक्रबहादुर सिंहले जानकारी दिए ।

यस्तै, सोही दुर्घटनामा परी मरिण गाउँपालिका( ३ का वर्ष १४ का अभिषेख माझी घाइते भएका छन्। मुंग्रेबाट सखौरीतर्फ आउँदै गरेको अनटेस्ट ट्याक्टर सोमबार होटौडा–चतरा सडकखण्डअन्तरगत मुंग्रेमा अनियन्त्रित भई दुर्घटना भएको हो । 

दुर्घटनापछि ट्याक्टरका चालक स्याम माझी फरार छन् । मृतक दुबै बालकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपीलाकोटमा ल्याइएको छ भने घाइतेको पनि सोही केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस