बुढेसकालमा महिलाले पुरुषबाट कस्तो खालको यौन सबन्धको अपेक्षा राख्छन ?

काठमाडौँ ।  स्त्री र पुरुषबीच यौन सम्बन्धमा जटिलताहरू मूलतः तीन कारणबाट आउँदछन्— मानसिक, शारीरिक र मनोशारीरिक । प्रौढ अवस्था यस्तो उमेर हो जसमा तीनवटै कारणले यौन जटिलता आउन सक्छ। पुरुषभन्दा महिनावारी बन्द हुने बेलाको आसपासका महिलाको यो उमेर बढी संवेदनशील हुन्छ ।

इस्ट्रोजेन हार्मोनमा एक्कासि आउने कमीले यस उमेरमा विभिन्न मानसिक र शारीरिक परिवर्तन ल्याउँछ । मानसिक परिवर्तनमा मानसिक डिप्रेसनका लक्षण देखिनसक्छन् भने शारीरिक परिवर्तनमा महिनावारी छिटोढिलो हुने, कमबेसी हुनेजस्ता गडबडी देखापर्छन् ।

यसबाहेक यौन चाहना भएका बेला योनिमा निस्कने चिप्लो खालको योनिस्राव कम हुँदै गएर ठ्याप्पै बन्द हुनसक्छ। जसले गर्दा सम्भोगका बेला हुने लिंग र योनि बीचको सहज घर्षण सम्भव हुन छाड्छ र यौन सम्पर्कका बेला महिलालाई अप्ठ्यारो हुने मात्र होइन पीडा पनि हुनसक्छ।

यस्तो अप्ठ्यारो वा पीडाले योनिलाई सम्भोगका बेला सजिलो पार्नुको सट्टा मांसपेशीमा संकुचन ल्याएर झन् साँगुरो बनाउनसक्छ। साँगुरो र ओबानो भएको योनिमा यौन आनन्द प्राप्त हुनुको सट्टा पीडा हुने डरले यौन चाहना नै घटेर जान्छ।

अर्कातिर मानसिक डिप्रेसनसमेत भयो भने त निश्चित रूपमा यौन चाहना घट्ने मात्र होइन, आफ्नो पुरुषसाथी वा पतिले माया चाहिँ गरोस् तर सम्भोग नगरोस् भन्ने मानसिकताको विकास हुन्छ ।

पुरुष यौनसाथीको भूमिका यस अवस्थाको व्यवस्थापनमा अत्यन्त महत्वपूर्ण हुन्छ। कतिपय पुरुष योनिबाट चिप्लो स्राव ननिस्कँदा यौन सम्पर्कका बेला हुने आनन्दमा आउने कमीका लागि स्त्रीलाई जिम्मेवार ठान्दछन् र स्त्रीले यौन क्रियाकलापमा ध्यान दिन छाडेर हेलचेक्रयाइँ गरेको वा अन्य कसैबाट यौन सन्तुष्टि लिने गरेको अत्यन्त खतरनाक भ्रमसम्म पाल्न पुग्दछन् । जसले गर्दा आपसी प्रेम भित्रबाट नमरे पनि असमझदारीको बढ्नसक्छ ।

यस्तो जटिलता स्वाभाविक भएको बुझेका वा पढेका समझदार पुरुषले स्त्रीलाई पनि यसको कारण बुझाएर आफू यसबाट विचलित नभएको बरु यस अवस्थाको सामना जीवनका प्रत्येक सुखदुःखजस्तै अहिले पनि सँगै गर्न तयार रहेको आश्वासनका साथ अरू बेलाभन्दा झन् सहज रूपमा धैर्यसहित प्रस्तुत हुन्छन् ।


प्रतिकृया दिनुहोस